नेपाल पत्रकार महासंघको अपील

मिति : २०८०-०६-१७

हार्दिक अपील

बहुसांस्कृतिक एवं बहुधार्मिक विविधता नेपालगन्जको बिशेषता हो । जनस्तरकै पहलबाट अनेकतामा पनि एकता कायम हुँदै आएको छ । यहाँको सद्भाव,आपसी भाईचारा अरुका लागि पनि उदाहरण बनेको छ । तर पछिल्लो पटक उत्पन्न
संवेदनशिल परिस्थितीले नेपालगन्जका हरेक नागरिकमा संशय पैदा भएको छ भने मनमा चोट पुगेको छ । मनका चोटमा मल्हम लगाई नेपालगन्जलाई पुरानै अवस्थामा फर्काउने दायित्व र जिम्मेवारी फेरी पनि अरु कसैको नभई स्वंय
नेपालगन्जबासीकै हो । यसर्थ नेपाल पत्रकार महासंघ बाँके शाखा सम्पुर्ण जातजाती,भाषाभाषी, धर्म,सम्प्रदायमा आपसी एकताका लागि अग्रसर हुन हार्दिकअपील गर्दछ ।

नेपालगन्जमा उत्पन्न संवेदनशिल परिस्थितीकाबीच पनि यहाँका संचारकर्मीहरुले आमनागरिकलाई सुसूचित गराउने कार्य गरिरहनुभएको छ । संकटको समयमा सिर्जना हुने भ्रम झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि
सत्यतथ्य सूचना संकलन गरी प्रकाशन-प्रसारण गर्नु पत्रकारको कर्तव्य हो । हतारो नगरी आधिकारिक निकायबाट अधिकारिक व्यक्तिले दिएको सूचनालाई मात्र प्राथामिकता दिई समाचार सम्प्रेशन गरौं । पत्रकार आचारसंहितामा उल्लेख
भएको,–‘विभिन्न जात जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’ भन्ने बिषयलाई ध्यान दिन अनुरोध छ । आफ्नो सुरक्षाप्रति
अति संवेदनशील रहँदै आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौँ । देखिने गरी आफ्नो परिचयपत्र लगाऔँ । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाउन अनुरोध
छ ।

नेपालगन्जमा सिर्जना भएको तनाव फेरी हुन नदिन यस्ता घटनाको कारण खोजी गरी आमनागरिक समक्ष सत्यतथ्य समाचार सम्प्रेशण गर्ने र राज्यका निकायलाई जवाफदेही बनाउने दायित्व र जिम्मेवारी संचारक्षेत्रको हो । यसरी
आचारसंहिताभित्र रही सत्यतथ्य समाचार सम्प्रेशन गर्ने क्रममा कँहीकतैबाट कुनै पनि बहानामा अवरोध उत्पन्न भए नेपाल पत्रकार महासंघ बाँकेमा तत्काल जानकारी दिन सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह गर्दछौं । महासंघ पत्रकारिता र पत्रकारको
पेसागत तथा भौतिक सुरक्षामा कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहो¥याउँदछ । तसर्थ नागरिकको सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई स्वतन्त्र र निर्भिकताकासाथ पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं ।

कमल डागीं
सचिव

प्रतिक्रिया

प्रतिक्रिया