
नेपालगन्जको अर्को परिचयका रूपमा साइक्लिङ्ग स्थापित भैसकेको छ। सानो 10/12 जनाको समुह बाट शुरु भएको माउन्टेन बाइकिङ्ग ४ बर्षमा नै शहर को पहिचानको रूपमा स्थापित हुनु अवस्य पनि महत्त्वपूर्ण मान्नुपर्छ । 2017 मा नेपालगन्ज साइक्लिङ्ग क्लब को स्थापना सङ्गै बढ्दै गएको साइक्लिङ्ग कल्चरले अहिले आएर गति समाएको छ, नेपालगन्जमा दिनहुुँ बिहान् र साझ माउन्टेन बाइक मा कुद्नेहरुको संख्या कोहलपुर , नेपालगन्ज र खजुरा गरेर झन्डै २ सय पुगिसकेको छ।

शौख र स्वास्थ्य का लागी साइकलमा कुद्नेहरु आफ्नो जिल्ला वरिपरि मात्र होईन देशभरी हुने विभिन्न साइकल का इभेन्टमा नेपालगन्ज को प्रतिनिधित्व गर्दै पुग्ने गरेका छन् । हेटौंडा कोरा-18, नेपालगन्ज – श्रावस्ती, नेपालगन्ज – नैनिताल, राइड थ्रु सिन्धुलिगढी, रानिमहल यात्रा बुटवल – पाल्पा, टुर दि दाङ भ्याली , सुदुरपस्चिम साइकल यात्रा , गर्भा दरबार यात्रा , सुर्खेत यात्रा , नेपालगन्ज रारा यात्रा , नेपालगन्ज – लखनउ यात्रा, महाकाली – मेची यात्रा , नेपालगन्ज – दोधाराचादनी यात्रा लगायत का थुप्रै यात्रामा नेपालगन्ज का राइडरहरुले सहभागिता जनाइसकेका छन् ।
नेपालगन्ज उपमहानगर पालिकाको आर्थिक सहयोगमा हुँदै आएको मेयरकप साइकल दौड प्रतियोगिताले पनि शहरमा साइकल चढ्नेहरुलाइ प्रोत्साहन गर्दै आएको छ, बिचमा कोरोनाका कारण रोकिएको मेयरकप साइकल दौड प्रतियोगिता को यश बर्ष तेस्रो सस्करण हुन गइरहेको छ । साइकल कल्चरलाई बढावादिन नेपालगन्ज उपमहानगर को यो सहयोग तारिफयोग्य नै छ, मेयरकप प्रतियोगिताका कारण साइकलमा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। नेपालगन्जको नयाँ परिचयका रूपमा साइक्लिङ्ग स्थापित भएसङ्गै साइकल का माध्यम बाट देशका विभिन्न शहर का साइकल प्रेमिहरुका लागी नेपालगन्ज रोजाईको गन्तव्य समेत बनेको छ र नेपालगन्ज मा प्रत्यक बर्ष आयोजना गरिदै आएको टुर दि ठाकुरद्वरमा सहभागी हुनेहरू को संख्या प्रत्यक बर्ष बढ्दै गएको छ।

नेपालबाट मात्र होइन टुर दि ठाकुरद्वारमा भारतका विभिन्न शहर बाट समेत सहभागी हुनेहरु प्रत्यक बर्ष थपिदै गएका छन् । मेयरकप साइकल दौड प्रतियोगिता ले नेपालगन्ज बाट साइकलका खेलाडीहरु को उत्पादन मा समेत टेवा पुर्याउने छ, साइकल प्रती बढ्दो रुचि र आकर्षण ले वातावरण मा सकारात्मक प्रभाव , साइकल बाट आन्तरिक पर्यटन पर्वद्धन मा टेवा , स्वास्थ्य मा फाइदा मात्र होइन ट्राफिक समस्या समाधान मा समेत सघाउ पुर्याउछ। फुर्सद का समय अन्य गतिविधिमा रमाउनु भन्दा साइकलमा घुमफिर गर्दा नजिकै बाट गाउँ / शहर र देश हेर्ने अवसर मिल्ने छ जसबाट आफ्नो भूगोल , रहनसहन , रितिरिवाज र सस्कृती लाई नजिकै बाट नियाल्न सकिन्छ ।
साइकल कल्चर मा महत्त्वपूर्ण भुमिका निभाएको मेयरकप आउँदो असोज ३ गते सम्पन्न हुँदै छ, यसपटक को प्रतियोगिता ले बाकेमा थप खेलाडी र साइकल प्रेमिहरु बढाउन सफल होस् , नेपालगन्ज ले अझै बलियो रूपमा साइकलेहरुको शहर को परिचय सङ्गै नेपालगन्ज का सडकहरु साइकल मैत्री बनुन, मेयरकप लगायत साइकल का इभेन्टमा महत्त्वपूर्ण भुमिका सहित साइकल अभियान लाई साथ दिदै आएको नेपालगन्ज उपमहानगर को दृष्टि साइकल मैत्री शहर निर्माण का लागी निति र साइकल मैत्री सडक निर्माण मा पनि पुगोस् भन्ने शुभेच्छासहित तेस्रो मेयकप साइकल दौड प्रतियोगिता को सफलता को शुभकामना ।











