
पूर्व मेडिकल सुपरिटेन्डेन्ट, भेरी अस्पताल नेपालगन्ज
तपाईका दृष्टिमा भेरी अस्पताल नेपालगन्जको भविष्य कसरी उज्वल होला ?
मेरो धारणा त पहिले देखि नै स्पष्ट रहेको छ । २४ बर्ष जति मैले भेरीमा काम गरेको छु । कामको दौरानमा २४ जिल्लाका बिरामी आउने गरेको पाएँ । यसलाई अगाडि बढाउनु त हामी सबैको कर्तव्य हो ।
यसका लागि धेरै चरणमा धेरै क्षेत्रबाट पहल र प्रयास भएका छन् । भेरी अस्पतालको विकासका मुद्दा पटकपटक नउठेको होइन । तर, त्यस अनुसार प्रतिफल प्राप्त हुन सकेको छैन । एउटा राम्रो कुरा के हो भने केन्द्रीय अस्पतालका रुपमा भेरी अस्पताल भएको छ । तीनसय बेडको अस्पताल भएको छ । जनशक्तिपनि थपिएको छ । तर, त्यतिमा नै यसलाई सीमित गर्दिंदा खेरी यसको भविष्य र संविधानमा उल्लेख गरिएको मौलिक अधिकार पूरा गर्ने तर्फ सरकारले ध्यान दिनु पर्दछ ।
भेरी अस्पताललाई पश्चिमकै एउटा नमूना मेडिकल कलेजका रुपमा परिणत नगरिकन यसको भविष्य त्यति राम्रो देख्दिन । अहिले जुम्ला, सुर्खेत, दाङमा पनि मेडिकल कलेज छ । ठाउँठाउँमा घोषणा गरेको १०\१५ बर्ष भयो । तर, सञ्चालनमा कति आए त । त्यो कुरालाई मध्यनजर राखेर यहाँ मेडिकल कलेज सञ्चालनको पहल गर्नुपर्दछ । नेपालगन्जमा स्थापना हुने मेडिकल कलेज नेपालगन्जका लागि मात्रै होइन नि, यहाँ २४ जिल्लाको पपुलेसन उपचारका लागि आउँछन् ।
हामी भारतको बोर्डरमा छौं । यहाँ कुनै यस्तो दिन नहोला कि जचाँउन लखनउ जान्छु भन्नेहरुको । अन्य बोर्डरबाट पनि भारत उपचारका लागि गैरहेका होलान् नि । त्यसलाई रोक्न सक्नु पर्यो ।
अहिलेको बेलामा कोरोना अस्पताल तपाई हामी सबैको सहयोगले बनेको हो । त्यो नभएको भए हामी कहाँ हुन्थ्यौं ? यसलाई मध्यनजर राखेर हामीसँग प्रशस्त ठाउँ पनि छन्, त्यो ठाउँलाई बिस्तार पनि गर्न सकिन्छ । भेरी कै पछाडि जेल रहेको छ । जेल बिस्थापित भएर अर्को ठाउँमा जाने हो । त्यो जेलको जग्गा सर्वसम्मतिले भेरी अस्पताललाई दिने भनेर निर्णय नै थियो । त्यसपछि हामीसँग अरुपनि ठाउँ छन् ।
भेरी अस्पताललाई मेडिकल कलेज बनाउनुनै पश्चिमको जनतामा न्याय हुन्छ जस्तो मलाई लाग्छ । पूर्व धरानमा नेपाल सरकारले मेडिकल कलेज त दियो त्यहाँ वीरगन्जदेखि झापासम्मको मान्छे जान्छन् । प्राइभेट मेडिकल कलेज जति खुले पनि त्यसमा तलब त प्राइभेट अनुसार नै हुन्छ । प्राइभेटले पनि जनताबाट लिएर तलब खुवाउने हो, सस्तोमा उसले सर्भिस दिन सक्दैन । तर, उसले सबै सर्भिस दिन सक्दैन ।
अहिले वीर अस्पतालमा एक हजार बढी डाक्टर छन् र त चाहे जति सेवादिन सक्दैनन् । हामीले चिकित्सक बिस्तारका लागि पनि शिक्षण अस्पतालमा बिस्तार गर्नै पर्दछ ।
त्यो अभियानका लागि बाधक के छ ?
हामीले कुरा पनि उठायौ. । राजनीतिक दलहरुलाई पनि भन्यौं । तर, राजनीतिक दलहरुले त्यति जोरले उठाउन सक्नु भएन । हामीले बुझाउन पनि सकेनौ कि, तर हामीले प्रयास गरेका हौं । हामीले मन्त्रालयमा गर्नुपर्ने लबिङ हामीले गर्न नसकेको महसुस हामीले गरिरहेका छौं ।
उसो भए अबका पहल के हुनुपर्दछ ?
भेरी अस्पतालको भविष्य कस्तो भनेर नागरिक समाज, सबै राजनीतिक दल, सञ्चारकर्मी, चिकित्सक, स्वास्थ्यकर्मी बीच सामूहिक छलफल गरी एउटा निचोडमा पुगेर ऐक्यबद्ध भएर लाग्नु पर्दछ ।
भेरी अस्पताल बनाउनु पर्छ भन्नेमा सबै पोजेटिभ छन् तर काम अगाडि बढ्दैन । गरिब जनताका लागि गर्ने हो भने भेरीमा क्वान्टिटी र
क्वालिटी बढाइनु पर्दछ, भेरीलाई बिस्तार गरिनु पर्दछ ।
भेरीले अपेक्षित सेवा दिन सकेको छैन, तरपनि बिरामीको कमी छैन । अहिलेको अवस्थामा दैनिक ५÷६ सय बिरामी आउँछन् । कतिले राम्रोसँग सेवा पाइरहेका छन् हामी साेंच्न सक्छौं । त्यसैले अब मेडिकल कलेजका लागि सबै लाग्नुपर्छ ।