पछिल्लो समयमा विभिन्न कालखण्डमा जातीय तथा बर्ग उन्मुक्तिलाई आधार बनाई नेपालमा विभिन्न बर्ग संघर्ष भएका छन् । आत्मनिर्भरता तथा समतामूलक समाज निर्माणको निम्ति गरिएका संघर्षहरु प्रति पुनः प्रस्नबाचक चिन्ह खडा भएको छ । वर्गसंघर्षको आधार बनाइएको दलित भन्ने सब्दलै नै विविन्न तरिकाले उपयोग गरेको पाहिन्छ ।


मुख्यतः प्राचिनकालमा राज्य संचालनको निम्ति सुसंगठित ब्यबस्थाको लागि राजा जयस्थिति मल्ल (१३६०(१३६५) शिपको पहिचान अनुरुपको कार्य विभाजन गर्ने हेतु ले कामदारहरुको बर्गिकरण गरेको पाहिन्छ । सोही अनरुप क्रमस प्रताब मल्लले खुकुरी बनाउने सिप भएका लाई लोहार, छालाको काम गर्ने लाई सार्की, सुनको काम गर्ने सिप भएका लाई सुनार नाचगान गर्नेलाई बादी भनेर बर्गिकरण गरेका थियो । यस्तो काम अनुसार को बर्गिकरणलाई पछि बाठा भानिएका शोसक सामन्तीहरुले आफ्नो फाइदा को निम्ति उपयोग गरेको बुझिन्छ । यस्तो प्रथालाई समय संगै कुरीतिको रुपमा जात भनेर परिभाषित गरियो।एस्लाई आधार बनोउने हो भने सिप कला कौसल जानेकै आधरमा कुनै व्यक्ति विशेसलाइ कामि दमाई सार्की क्षेत्रि ब्राहमण भनेर छुट्याउनुपर्ने कुनै बैज्ञानिक अनि सामाजिक कारण नभएको स्पस्ट हुन्छ।


दलितको अर्थ हो “दलन“ गरिएको अर्थात् ति मानिसहरु जो आर्थिक अनि सामाजिक रुपले पिछडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक अनि धार्मिक रुपले पछाडी पारीयाका भने बुजिन्छ । यसको अर्थ ब्राहमण क्षेत्रि भनिएका पनि आर्थिक सामाजिक राजनीतिक अनि धार्मिक रुपले पछाडी पारियका पनि हुन सक्छन् । यसको अर्थ कोहि जन्मका आधारमै ब्राह्मण क्षेत्रि हुदैमा सुसम्पन तथा अबल हुन्छन भने हुदैन । मानौ कुनै दलित भनिएको घरमा ब्राहमण अथवा क्षेत्रि काम गर्न बस्छ भने उसलाई कुन जात मान्ने ? जबसम्म दलित अनि जनजाती भनिएकै आधारमा यो वा त्यो शिर्षकमा आरक्षण छुट्याउनुकक पर्ने स्थिति बन्छ तबसम्म जात कै नाममा विभेद अनि समाजबाद उन्मुख समाज परिकल्पना मै सिमित रहनेछ । जन्मकै आधारमा नभई वर्ग अनि लिङ्ग का आधारमा आरक्षण बेबस्था गरिनु पर्छ । यसका निम्ति आधारभूत् वितरण प्रणाली निर्माण गर्न सक्नु आज को मुख्य बिसय हुनुपर्छ ।


यति भन्दै गर्दा ब्राह्मणको अथवा कुनै सम्प्रदाय बेद, गीता, रामायण, महाभारत आदि गर्नको अथवा ब्राहमण जातिको बिरोध पनि होइन । ब्राहमणबादको बिरोध भनेको रुढिवादी अबैज्ञानिक कर्मकाण्ड अन्धबिश्वासको बिरोध हो । ब्राहमणबादको बिरोध हिन्दु धर्मको बिरोध गर्नु पनि होइन ।


नेपालमा जनजाती तथा दलित आन्दोलनको मुख्य उद्देश्य भनेको समतापूर्ण समाज निर्माण गर्नु हो । त्यो भन्दा पहिले मान्छेद्वारा सिर्जित अत्याचार अन्धबिस्वास अपमान हतोउन पर्ने र चेतनास्तरलाई अभिबृद्धि गर्नका निम्ति विभिन्न तरिका अबलम्वन गर्नु पर्ने हुन्छ। जनयुद्दको परिणाम स्वोरुप २०७२ असोज ३ गते संबिधान घोषणा संगै यस किसिमको सबै विभेदको अन्त्यको घोषणा गरियो । तर, जनचाहना अनुसारको विभेद अन्त्य भने भएन । यो विषयमा फेरी अर्को आन्दोलन को आवोशेक हो अथवा सरकारले कठोर कदम चाल्न पर्ने हो गम्भिरतापूर्वक सोच्ने बेला आएको देखिन्छ । हामी २१औ सताब्दीको समाजमा भैरहदा पनि यो किसिमको मानसिकता रहनु अत्यन्तै दुखद् अनि लजास्पद कुरा हो । जुनसुकै समुदायको मान्छे भएपनि हामि नेपाली हौ । मानौ हामी कसैलाई जोरो आयो भने खाने भनेको सिटामोल नै हो यदी जात हँुदो हो त सबैलाई फरक फरक औषधीको आवश्यक पथ्र्यो होला । अर्थात् सबैको रगत एकै हो अनि हामी एकै किसिमको जैविक प्रजाति हौ ।


यसै गरि हाम्रो जातपातमा आधारित र विभाजित धर्म संस्कार छ । यसले एउटा जातमामा जन्मिएपछि अर्को पेसामा जान नपाउने गरि अन्धविश्वास सिर्जना गरेको छ । ब्राम्ह्रण चिन्तन मनन अनि पुर्त्याई गर्ने, क्षेत्रीहरु लड्ने भिड्ने साहसी काम गर्ने, बैश्य व्यापार गर्ने र सुद्रहरुले अपहेलित भएर बस्नपर्ने एस्तो किसिमको सोच सयौ वर्ष देखि मनोबाद चिन्तन छ । यो मनोबाद अनि जातपातको प्रणाली हाम्रो निम्ति अत्यन्तै ठुलो बाधक ।


यस्तो विभेद अन्त्यको लागि बर्गीय आधारमा पूर्वाधारको विकास, गरिबी उन्मुलन, रोजगार सिर्जना, उचित वितरण प्रणाली । दात्री सहयोग, अनि प्रभाबकारी अनुगमन तथा व्यवस्थापन आधारभूत बिषय हुन् । यसैगरी स्वास्थ्य, शिक्षा, गरिबी निर्मुलिकरण, भ्रष्टाचार नियन्त्रण, सबै प्रकारका विभेदबाट मुक्ति, सिप बिकास, रोजगार, सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण कुरामा योजना बनाई कार्ययोजनका लागि राष्ट्रब्यापी जनपरिचालन महत्वपूर्ण हुन्छ । जबसम्म कोहि दलित जनजाति अथवा अन्य कुनै समुदाय भएकै निहँुमा समाजबाट तिरस्कृत एबम अपहेलित हुनुपर्ने बाताबरण सिर्जना हुन्छ तबसम्म समाजबादमा पुग्नु कठिन मात्र होइन असम्भव देखिन्छ । माथि उलेखित कुराहरु निर्मुलिकरण भएसंगै हामी बैज्ञानिक समाजबादको बाटोमा अगाडी बढ्ने छौ ।

प्रतिक्रिया

प्रतिक्रिया