चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ५३ जना पत्रकार संक्रमित भएसगै नेपाली पत्रकारको अवस्था पनि खतरामुक्त छ भन्न सकिदैन । नेपाली पत्रकारहरुलाइ होम क्वारेन्टाइनमा बस्ने भनिएतापनि अत्यावश्यक रीपोटिडमा घर बाहिर निस्कनु पर्ने बाध्यता कायमै छ । घरैमा बसेर सामान्य रीपोटिड. भएतापनि कतिपय अवस्थामा फोटो र भिडियोको आवश्यकता पर्ने हुदा घर बाहिर निस्कन बाध्य छन् ।
.
यसरी आफ्नो ज्यानलाइ जोखिममा राखेर पत्रकारिता गरीरहेका पत्रकारको सुरक्षा अवस्था कस्तो छ त ? विष्लेषण गर्न जरुरी छ । के उनीहरुको निम्ति प्रयाप्त सुरक्षा सामाग्री उपलब्ध छ त ? यदि छैनभने भोली नेपाली पत्रकारीतामा पनि कारोनाको शिकार हुनुपर्ने अवस्था आउन सक्छ । त्यसबारेमा समाय सतर्कता अपनाउन जरुरी छ ।
समग्र नेपाली पत्रकारको अवस्थालाइ केलाएर हेर्दा अन्य देशमा जस्तै नेपालमा पनि अग्रपंक्तिमा रहेर रीपोटिड. गरी रहेका संचारकर्मीको सुरक्षा सतर्कता हुन सकेको छैन । अहिलेको अवस्थामा सबै मानिस लकडाउनमा बसेका छन् । घरमा बसी बसी बेलाबेलामा समाचार सुनिरहने गरेका छन् । आज कोरोनाले कति जना मरे र कति जना संक्रमित भए र कति जना निको भए भन्ने बाहेक अरु कुनै समाचारले प्राथमिकता पाएको छैन । रेडियो, टिभि, फेसबुक जे खोले पनि कोरोना बाहेक अरु समाचार आउदा पनि आउदैन र मानिसले सुन्दा पनि सुन्दैनन् ।
कुन देशको अवस्था कस्तो छ ? नेपालमा यसले कस्तो प्रभाव पारेको छ ? कहां कति संक्रमित भेटिए भन्ने कुरा नै प्रमुख समाचार बन्ने गरेका छन् । यति मात्र नभएर अस्पताललाइ स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीलाइ पिपिइ सहित सुरक्षा सामाग्री वितरण भए कि भएनन् ? क्वारेन्टाइनको व्यवस्था ठिक छ कि छैन ? अवस्था कस्तो छ ? राहत पाएकी पाएनन ? लकडाउनले कस्तो प्रभाव पारेको छ ? मजदुरलाइ कस्तो मर्का परेको छ ? सरकारले के गरी रहेको छ ? लगायत याबत कुराको खोजतलासी गरी सत्यतथ्य बाहिर ल्याउने काम पत्रकारको हो । यसरी गरीने रीपोटड.मा तलमाथि केहि भयो भने पत्रकारले जेपनि लेख्छन,पत्रकारले त्यतिकै नबुझीकन लेखे जस्ता आरोप खेप्नुपर्ने बाध्यता पनि छ ।
पत्रकार कुन अवस्थामा रिपोटिडमा हिडेका छन ? भनि हेर्नु पर्ने राज्यको पनि दायीत्व हो । आफ्नो ज्यानको प्रवाह नगरी जनतालाइ सत्य सुचना दिन खटिने पत्रकारको जीवन विमा छैन । पत्रकारको जीवन विमा गर्न सरकारले कन्जुस्याइ गरी रहेको छ । विहान उठ्नासाथ विस्तारामै एफएम र टिभिका समाचार सुनेर मात्र मानिसको दैनिकी शुरु हुन्छ । यति महत्वपुर्ण सूचना प्रदान गर्नमा खटिने पत्रकारको निम्ति राज्य मौन किन ?भन्ने प्रश्न उठेको छ ।
अरुको सुरक्षा र अधिकारको बारेमा रातदिन नभनीकन खटिने संचारकर्मीको सुरक्षा खै ? केहि सूचना फोन सम्पर्कबाट लिए पनि सत्य होकि होइन ? बास्तविकता के हो त ? भन्नको लागि फोटो नहेरीकन, बोलेको आवाज रेकड नगरीकन आजका चेतनशील मानिसहरु ह्वात्तै विस्वास गर्दैनन् । त्यसकारण जनतालाइ विश्वास दिलाउन र आफु पनि विश्वस्त हुनको निम्ति सम्बन्धित ठाउंमा पुग्नै पर्ने हुन्छ । तर त्यसरी संक्रमितहरु भएको ठाउंमा जानको लागि पत्रकारहरुसंग आफु सुरक्षित हुने सामग्री खै ? त्यो सामान्य कपडाको मास्कले के पो छेक्छ र । पत्रकार सुरक्षित हुने दायीत्व कस्को त ? प्रश्न खडा हुन्छ ।
पत्रकार सुरक्षित हुनु पर्ने पहिलो दायीत्व त पत्रकार स्वयंको हो । त्यसको साथै आफुले काम गरेको संचार माध्यम, नेपाल पत्रकार महासंघ र सरकार लगायतले पनि यस विषयमा गम्भिर रुपमा ध्यान पुर्याउन जरुरी छ । सरकारले गरेका कामको जानकारी बाहिर ल्याउने बेलामा पत्रकारको खोजी हुन्छ तर पत्रकार सुरक्षित छन कि छैनन् ? कोरोनाको संक्रमणको अवस्थामा कसरी सूचना सप्रेषण गरेका छन त भनि खोजीनीति गरेको समेत पाइदैन किन ? के पत्रकार देशको निम्ति आवश्यक नभएको होत ? पक्का पनि होइन पत्रकार भनेको सूचनाको संवाहक हो । जनतालाइ सुसूचित गर्नको निम्ति नभइ नहुने अंग हो । तर पनि राज्यले सधै दोस्रो दर्जाको नागरिकमा राख्ने गर्दछ किन ? कुनै बेला नेपाल बन्दको समयमा पत्रकारको कार्ड देखाएर छुट पाइन्छ , त्यतिमात्र हो । तर कोरोनालाइ पत्रकारको कार्ड देखाएर चिन्दैन के रे ? म पत्रकार हो कोरोना मलाइ छुट दे भनेर हुन्छ र कदापी हुदैन ।
कोरोना भाइरसले त को पत्रकार,को जनाता ? को धनाढ्या व्यक्ति,को गरीव व्यक्ति केहि चिन्दैन । जतिसुकै धनाढ्य व्यक्तिको पनि कोरोनाकोअगाडि केहि चल्दैन । मृत्युको मुखमा पुर्याइ दिन्छ । प्रधानमन्त्रि, मन्त्रि, सांसद, मेयर, उपमेयर वडा अध्यक्ष लगायत कोहि पनि चिन्दैन । त्यसकारण साना, ठूला धनि, गरीव कोहिले पनि मलाइ कोरोनाले छुदैन भनि फुर्ति नलगाए हुन्छ ।
पत्रकार सुरक्षित भएर रीपोटिड. गर्ने पहिलो दायीत्व त पत्रकार स्वयंको हो तर सुरक्षित कसरी हुने त ? संचारकर्मीको लागि न त सुरक्षा कवाज उपलब्ध छ नत गुणस्तरीय मास्क,पन्जा,चस्मा नै उपलब्ध छ । अन्य जनता त घरैमा बसे भैगो तर संचारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी त फील्डमा नपुगी हुदैन । उनीहरुले कामको साथै सुरक्षमा पनि ख्याल पुर्याउन जरुरी छ । अरुबेला कुनै ठाउमां पत्रकरको कार्ड देखाएपछि छुटकारा पाइन्थ्यो तर कोरोनालाइ त पत्रकारको कार्ड देखाएर चिन्दैन क्यारे ? यसकारण पत्रकार साथीहरु आफै संयमित भएर रिपोटिड गरौ । फोटो खिच्दा पनि टाढाबाट जुम गरेर खिचौं,क्वारेन्टाइनको रीपोटिड. गर्दा पनि टाढा बसेर गरोंै । यसको साथै संचार गृह,पत्रकार महासंघ र राज्यले पनि पत्रकारको सुरक्षामा ध्यान दिन जरुरी छ । सरकारका कुरा बाहिर ल्याउनको निम्ति त सरकारलाइ पनि त मिडिया चाहिन्छ ।
नेपाल पत्रकार महासंघ जो पत्रकारको सुरक्षाको निम्ति गठन भएको संस्था हो । त्यसले पनि पत्रकारको सुरक्षाको सवालमा चनाखो भएर सोच्नुपर्ने बेला आएको छ । सरकारले कोरोना संक्रमणमा खटिने स्वास्थ्यकर्मीको विमाको व्यवस्था गरेको छ तर कोरोना संक्रमणमा खटिने पत्रकारको विमाको व्यवस्था छैन किन ? हामी पत्रकार सधै अरुले अधिकार पाएनन् भनि बोलि रहन्छौ लेखिरहन्छौं तर आफ्नो अधिकारको बारेमा सधेै पछिपरिरहन्छौ किन ? पत्रकारको नाउमा अन्य व्यक्ति पो पर्ने हुन कि भन्ने प्रश्न उठ्न सक्ला । को पत्रकार हो ? र को पत्रकार होइन ? भनी छुट्याउने काम पत्रकार महासंघको हो । अधिकारीक पत्रकारको छनौट गरी समाचार संकलनमा जादा सुरक्षाका साधन सहित जान पाउने वातावरण मिलाउन जरुरी छ । सरकारले सबै जनतालाइ घरैमा बस्न भनेको छ । तर पत्रकारले घरमा बसेर मात्र समाचार संकलन गर्न सम्भव छ ? पक्का पनि छैन ।
जनतालाइ खाद्यान्नको अभाव हुन थालिसक्यो । लामो समय सम्म लकडाउनलाइ थाम्न गाह्रो अवस्था आउन लागेको छ । जनता रोगले भन्दा भोकले मर्ने भयौ भन्न थालेका छन् । जनता कि काम दे, कि माम दे, भन्न लागेका छन् । यी सबैको कुराको आवाज उठाइदिने संचारकर्मी र मिडिया नै हो । तर यहि संचारमकर्मी पनि कोरोना भाइरसबाट संक्रमित भए भने यी आवाज कस्ले उठाइदेला ? यस तर्फ सम्बन्धित पक्षको ध्यान समयमै जान जरुरी छ । पिसाव पनि गरी सके, दैलो पनि देखे, भने उखान झै पछि पछुताउनुको केहि अर्थ रहदैन । त्यसकारण कोरोना रोगको सक्रमणबाट बच्नको निम्ति पत्रकार स्वयं,मिडिया हाउस,नेपाल पत्रकार महासंघ लगायत राज्य द्धारा नै पत्रकारको सुुरक्षाका सवालमा समयमै चनाखो हुन जरुरी छ










