
तेज बिक्रम शाह
१० डिसेम्बर २०१९ चीनको बुहान शहरको माछा बजारकि एक ५७ बर्षे वि.कु.जियान नाम गरेकी महिला पसलेको रुघा खोकी लागेर स्वास्थ्य अक्समात खराब भयो I उनि आफ्नो पसल नजिकैको औषधि क्लिनिकमा गएर आफ्नो स्वास्थ्य परिक्षण पश्चात रुघा खोकीको औषधि लिएर पुन: आफ्नो माछा पसलमा फर्किन I उनै बुहान शहरकी माछा पसले वि.कु.जियान १८ डीसेम्बर २०१९ मा ८ दिन पश्चात बेहोसीको अबस्थामा अस्पतालको बेडमा थिइन् I सम्भवत: यहि नै विश्वमा कोरोना भाईरसको पहिलो मामला थियो I
३१ डिसेम्बर २०१९ सम्म कोरोनाको सीमा बुहान सम्म मात्र
सिमित थियो
I
तर, दुई
हप्ताको भित्र यो बिमारी एउटा महामारीको रुप लिन थाल्योक I एक एक गरेर आउने बिरामीमा रुघा खोकी र स्वास लिनमा किन कठिनाई
भईरहेकोछ भन्ने बारेमा डाक्टरलाई थाह
हुनसकेको थिएन I
यसप्रकारको जटिल अबस्थामा चीनले बुहानमा असामान्य
निमोनिया फैलिएको सम्बन्धि WHO लाई सूचित गर्नुका साथै निमोनिया संक्रमण हुने भाईरसको
पत्ता नलागेकोपनि जानकारी गरायो I
५ जनवरी २०२० सम्म चीनको बुहान शहरमा ४० भन्दा बढी ब्येक्तिहरुलाई
संक्रमण फैलिसकेको थियो र ति संक्रमितहरु मध्य अधिकांस या त बुहानको माछा बजार
गएका थिए या माछा बजार जाने आउने मानिसहरु संग भेटघाट भएको थियो I
यस प्रकारका प्रत्येक बिमारी सम्बन्धि केशबाट निमोनियाका भाईरसहरु बुहानको माछा
बजारबाटनै फैलिएको पक्का भयो I बुहानको माछा बजारमा माछाको साथ् साथै कयौं जंगली जनावर
हरुको मासु पाईने भएकोले निश्चित रुपमा भन्न सकिन्न की कोरोना भाईरस को जिम्मेवार कुन
हो ? कोरोनाका लागि जिम्मेवार चमेरालाई मानिएको रिपोर्ट
पनि एकातर्फ छदै छ I
जुनसुकै कारणले यो सर्ने भएतापनि यो भाईरस आज शंसारभर फैलदै छ गरेको कटु यथार्थ हो I
तिब्र गतिले चीनमा फैलदै गरेको अज्ञात बिमारी सम्बन्धमा ७ जनवरी २०२० मा WHO ले
पर्दा हटाउदै नयाँ बिमारीले विश्वमा जरा गाडिसकेको जानकारी गराउनु का साथै पहिलो
पटक WHO ले एउटा नयाँ भाईरस पत्ता
लागेको घोषणा गर्यो I उक्त पत्ता लागेको नयाँ भाईरसको नाम २०१९ NCOV अर्थात
२०१९ Novel Korana Virus राख्यो I हाल यसलाईनै शंशारभर COVID-19 नामले चिनिन्छ I
६१ सालको एक व्यक्तिको ९ जनवरी २०२० मा चीनमा मृत्यु भयो जसको खुलासा ११ जनवरीमा भयो र उक्त व्यक्तिको पनि सम्पर्क बुहानको माछा बजारसँग थियो जसले कोरोना बिस्तारै फैलंदैछ भन्ने प्रमाणित गर्द थियो जुन यो क्रमश: चीन भन्दा बाहिर तर्फ उन्मुख थियो I
बुहान बाट थाईल्याण्ड फिर्ता भएकी एक महिलासंग १३ जनवरी २०२० मा
कोरोनाको संक्रमण पाईयो I लगत्तै १६
जनवरीमा बुहानबाट फर्केको एउटा जापानीलाई कोरोना संक्रमण रहेको जापानले पनि
सार्बजनिक गरयो I यस पछी त् २६
जनवरी सम्म हंगकंग, दक्षिण कोरिया
र अमेरिका सम्म कोरोनाले प्रभाव देखाउन थाल्यो I WHO ले covid-19 लाई ३० जनवरीमा
Global Emergency घोषणा गरयो I
कोरोनाका भाईरस संक्रमणका ४ चरणहरु हुन्छन्:
पहिलो चरणमा संक्रमित देश बाट आउनेवाला व्यक्तिहरुमा कोरोनाका लक्षणहरु
पाईन्छन र यो चरणमा रोकथाम गर्न सबभन्दा सजिलो हुन्छ I
दोस्रो चरणमा स्थानीय स्तरमा कोरोना फैलिन थाल्छ I विदेशबाट आएका
व्यक्तिहरुका परिवार र मित्रजन कोरोनाका शिकार हुने गर्दछन I
तेस्रो चरणमा सामुदायक संक्रमण सुरु हुन् थाल्ने भएकोले यो अबस्थामा ति
व्यक्तिहरु प्रभावित हुन्छन जो न त् विदेशबाट आएका व्यक्तिहरु संग भेटेका हुन्छन न
त् उसको सम्पर्कमा आएका ब्यक्तिनै हुन्छन I
चौथो चरणमा कोरोनाले महामारीको रुप लिन ह र यो यति तिब्र गतिले फैलन्छ
कि ब्यबस्थाहरु नाकाम हुन् जान्छन I
कोरोनाको चौथो चरणबाट चीन गुज्रिसकेको छ भने ईटाली र अमेरिका हाल
गुज्रदै गरेका छन् I हालसम्मको
तथ्यांक अध्यन गर्दा कोरोनाबाट सब भन्दा बढी मानिसहरुको मृत्यु ईटाली र अमेरिका मा
भएको छ I माथि उल्लेख
गरिएका ४ चरणहरु मद्ध्य चौथो चरण सब भन्दा खतरनाक मानिन्छ I
यस प्रकारको अत्यन्तै खतरनाक जानलेवा भाईरस कसरी उत्पन्न हुन्छ र मानिसको
ज्यान लिन्छ भन्ने सन्दर्भमा चर्चा गरौँ I
सामान्य शब्दमा भन्ने हो भने भाईरस एउटा यस्तो शक्ति हो जो जिउँदो जीव
या मानिसको शरीरमा आक्रमण गर्दछ/ मानिस वा
कुनै जीवको शरीर वा सम्पर्कमा आउनु भन्दा पहिले भाईरस निष्क्रिय रहन्छन I तर जस्तै शरीरको सम्पर्कमा आउँछ भाईरस शक्रिय हुन् थाल्छ र ज्यादै
तिब्ररुपमा मानिस तथा प्राणि हरुमा हमला
गर्न थाल्छ
I
बिष वा जहर भाईरस को रुपमा रहने यस्तो भाईरस सयौं वर्ष सम्म निष्क्रिय
रहन्छन तर जसै यो कुनै जिउदो जीवको सम्पर्कमा आउने बित्तिकै सक्रिय हुन् थाल्छ र क्रमशःयो भाईरसले
शरीरको सेल्स र कोसिकाहरु भित्र प्रवेश गर्दछन I भाईरस कुनै
पनि जीवको कोशिकाहरुमा प्रवेश गर्ने बित्तिकै शरीर भित्रको RNA र DNA को जेनेटिक बनावटलाई परिवर्तन
गराईदिन्छ
I अर्कोतर्फ यसको
असर यो हुन्छ कि जीवको कोसीकाले भाईरस संक्रमित कोशीका बनाउन थाल्छ I भाईरस शरीरमा प्रवेश गरे पश्चात शरीरको शारिरीक ब्यबस्था अर्थात RNA लाई तहस नहस गरिदिन्छ I शरीरमा RNA
को महत्व जिन्दगीको अस्तित्वको लागि जरुरी हुन्छ I मानिसको शरीर भित्र प्रवेश गरेका भाईरसले बिमारीसंग लड्ने ताकतलाई
कमजोर बनाएर जीवनको अन्त्य गरिदिन्छ जुन भाईरसको अन्तिम चक्र हुन्छ I यी भाईरसहरु मानिसको
शरीरको भित्र तब सम्म अस्तित्वमा रहन्छन जब सम्म भाईरस चक्र खतम हुदैन I
covid-19 का बिरामीमा
८०% सामान्य हुन्छन,२०% मा स्वास
फुल्छ भने गम्भीर बिरामी ३% मात्र हुन्छन I अथात, प्राय जसोकोरोना भाईरस संक्रमणका बिरामीहरुमा यो रोग सामान्य हुने
भएकोले बिरामीहरु बाँचन सक्छन I कोरोना भाईरसका बिरामीहरुमा नाक,कान र घांटीको माध्यम बाट शरीरमा भाईरस प्रवेश गर्दछनI भाईरसहरु सयौं
प्रकार हुने भएतापनि मोटामोटी रुपमा भाईरसलाई ३ भागमा बाड्न अड्ड्याँ गर्न सकिन्छ I
१. Animal
Virus: जसले मानिस र जनावरहरुका कोशिकाहरुलाई संक्रमित गर्दछ I ईन्फ्लुएनजा,हेपाटाइटिस
समेत थुप्रै बिमारीसंगको लागि जिम्मेवार मानिन्छ र जेनेटिक अर्डरलाई तहस नहस गर्दछ I
२. Plant
Virus:दोस्रो प्लान्ट भाईरस हुन्छ जसले बिरुवाहरूमा रोग फैलाउन जिम्मेवार
हुन्छ
I
३. बेक्टेरियोफेज: कोरोना एउटा animal Virus हो जसले मानव लगायत जनावरहरुमा असरगर्दछ I
अनुसन्धानबाट ४ प्रकारका कोरोना पता लागेको छ जस मध्य COVID-19 कोरोना भाईरस परिवारको एक सदस्य हो जुन व्यक्ति बाट व्यक्तिको सम्पर्कबाट सर्ने गर्दछ र कुनै पनि स्वस्थ व्यक्ति संक्रमित व्यक्तिको सम्पर्कमा आयो भने स्वस्थ ब्यक्ति संक्रमित हुन् जान्छ I डिसेम्बर २०१९ बाट शुरु भएको कोरोनाको यो महामारी फेब्रुअरीको पहिलो हप्ता बित्त्दै गर्दा अस्ट्रेलिया र युरोपलाई पनि गाँज्न थाल्यो I ति देशहरुमा पाईएका संक्रमित ब्यक्ति त्येस्ता थिए जुन या त् चीन बाट आएका थिए या संक्रमित संग सम्पर्कमा आएका थिए I यसरी हाल सम्म आउँदा कोरोनाको प्रभाव लगभग शंसार भर फैलिसकेको छ I ११ मार्चमा WHO ले कोरोना लाई महामारी घोषणा गरीसकेको छ I
महामारीको इतिहास:
यस प्रकारको महामारी फैलिएको प्रमाण लगभग १ हज्जार ९ सय साल पहिले भेटिन्छ I
ई.१६५-१८० सम्म प्लेग बाट शंसार भर
करिब ५०लाख् मानिसको मृत्यु भएको पाईन्छ I
ई. ७३५-७३७ सम्म छोटीमाता नामक महामारी बाट जापानमा १० लाख मानिसहरुको
मृत्यु भएको थियो I
ई. १७४७-१७५१ सम्म युरोप र एशियाका केहि भागमा मुसा र झिंगाको कारण
महामारी फैलिएको थियो जसमा २० मिलियन मानिसहरुको मृत्यु भएको थियो I
ई.१०१८-१९१९ सम्म स्पेनिश फ्ल्युको कारण ४ देखि ५ करोड मानिसको मृत्यु
भएको थियो
I
ई.१९८१ मा एड्स(HIV)बाट २ देखि ३.५
करोड मानिसको मृत्यु भएको पाईन्छ I
ई. २००९ देखि २०१० सम्म स्वाईन फ्ल्यु बाट २लाख मानिसको मृत्यु भएको
पाईन्छ
I
ई. २००२ देखि २००३ सम्म सार्स, २०१४ मा एबोला र २०१५ मा MERS महामारी फैलिएको थियो I
यसरी ब्याक्टेरिया या भाईरस बाट फैलिएको महामारी बाट करोडौ मानिसको
ज्यान गयो
I
ब्याक्टेरिया भन्दा १ हज्जार गुणा सानो शंसारलाईनै अस्तव्यस्त बनाइदिने यस्ता ज्यादै खतरनाक भाईरस आखीर मानव शरीरमा कसरी प्रवेश गर्दछ र कसरी महामारीको स्वरूप लिन्छ ?
मानिसको शरीरमा आउनु भन्दा अघि भाईरस निष्क्रिय अबस्थामा हुन्छ तर जसै यो मानव शरीरको सम्पर्कमा आउने बित्तिकै सक्रिय हुन् थाल्छ र मानव शरीरमा कुनै पनि प्रकारले प्रवेश गर्ने प्रयास गर्दछ I यो भाईरस नाक,कान,मुखको माध्यम बाट मानिसको शरीर भित्र प्रवेश गर्दछ र शरीर भित्र प्रवेश गर्ने बित्तिकै यसले मानव शरीरको कोषिकामा हमला गर्दछ I क्रमशः DNA र RNA लाई नष्ट गर्ने शिलशिला सुरु गर्दछ I परिणाम स्वरूप DNA र RNA बिग्रन्छन भने अर्को तर्फ मानव शरीर संक्रमित कोशिकाहरू बनाउन शुरु गर्दछ I मानिसको शरीरमा प्रवेश गर्ने यस प्रकारका भाईरस मानवकै शारीरमा बास स्थान बनाउछन I यस प्रकारले संक्रमित एक मानिसको शरीर बाट अर्को मानिसको शरीरमा संक्रमण हुन् थाल्छ I मानिस र जनावरको शरीरमा बास बस्ने भाईरसहरु आखीर कहाँ बाट जन्मन्छन भन्ने रहश्यको उत्तर अहिले सम्म पाईएको छैन I ( शाह अधिकारकर्मी हुन् ।)










