मेरा कुरा : घर घरमा सिंह दरबार

हेमन्तराज काफ्ले


जनताले कत्रो सपना बोकेर ईतिहासमै परिवर्तनको खाँचो सम्झेर नयाँ युगको थालनी हुन्छ भनेर राजा फाले गणतन्त्र अनि संघीयता ल्याए । आज यो संघीयता र गणतन्त्र जनताको लागि पासो जस्तो देखिन थालेको छ । जसरी जनमानिसले ठुलो सपना बोकेका थिए केही आमूल परिवर्तन हुन्छ सोचेका थिए तर गणतन्त्रमा यस्तो हुन्छ उस्तो हुन्छ गरिबी हट्छ अब नेपाल विकासका पालुवा पलाउछन् भन्थे । नेपालीको आयस्रोत बढ्छ नेपाली दुख गर्न अर्को देश जानु पर्दैन भन्थे तर अहिले महिनामा सयौं लाशहरु बाकसमा आएका छन् बोल्नेको अब आफ्नै देशमा बेरोजगार बस्नु पर्दैन भन्ने सोचेका थिए तर आज यो गणतन्त्र उल्टो भइरहेको जस्तो देखिन्छ ।

 
दिन प्रतिदिन हत्या बलात्कार अनि विभिन्न अपराधी क्रियाकलाप बढ्दै गएको छ । ठुला–ठुला अपराध निर्मला हत्याकाण्डदेखि अरबौ भ्रष्टाचार भएका घटनाहरु तातै छन् । ठुलाका लागि मोज भोज भएको छ मन्त्रीदेखि पिएसम्म जनतालाई शोषण गर्ने उपियाँ जस्ता भएका छन् । दिनप्रतिदिन महङ्गाई बढेको बढै छ । महङ्गी नियन्त्रण गर्ने कसले महङ्गो पनि बेग्लै तरिकाले बढेको छ, अचम्मको भएको छ यो गणतन्त्र । संघीयता र त्यो प्रान्तीय सरकार के भत्ताको लागि मात्र हो त, अनि किन ती प्रान्तीय मन्त्रालयहरु गठन गरिएको हो । के तिनीहरु पेण्डुलम हुन्, काम विनाका औचित्य विनाका हुन् ल के के काम गरेको छ प्रान्तीय सरकारले एक पटक आफ्नो कामको समिक्षा गरोस् । जनमानिसलाई खुसी राख्ने या हँसाउने खालका कुनै योजना बनाएको देखिदैन । यिनी विभिन्न प्रान्तीय संरचनाहरु औचित्य विना बने जस्ता देखिदै छन् । संघीयता एक महङ्गो फल भएको छ, गणतन्त्रमा तर के गर्ने सबै उस्तै दुरुस्तै कुनै परिवर्तन छैन यो त मात्र नेताका लागि रमाउने मजाकोतन्त्र भएको छ ।

 

आफ्नो एकल स्वार्थका लागि नेताले जे पनि गरेका छन् । हिजोसम्म चप्पलमा हिड्नेहरु आज पजेरोमा । हिजोसम्म झुपडी हुनेहरु आज महलमा यो सबै गणतन्त्रको एक उपज हो । विकास भयो परिवर्तन आयो तर जनतामा होइन नेताको जीवनशैली र भ्रष्ट कर्मचारीको जीवनशैलीमा परिवर्तन आयो । यीनका लागि मोज भोज भएको छ यो गणतन्त्र र संघीयता ।

 
कतिपय अपवादलाई छाडेर केन्द्रदेखि स्थानीयसम्म धेरैजसो जनप्रतिनिधिहरू आफ्नै तलब–भत्ता वृद्धि र महँंगा सवारी साधनमा घुम्ने हुन पुगेका छन् । जनता महङ्गीमा तरररर । जनताका लागि महङ्गीले चरम सीमा नाघी सकेको छ । आफ्नो तलब–भत्ता असुल गर्न केही ठाउँका जनप्रतिनिधिहरूका आँखा जनताका पसिनामा र सम्पत्तिमा सोझिएका छन् । जनतालाई सेवा प्रदान गर्न कर उठाउनुपर्छ । तर, कर उठाउने तरिका वास्तविक हुनुपर्छ र न्यायोचित कर त्यो हुन्छ, जो सेवाका रूपमा फिर्ता हुन्छ । मानिसले सेवा सजिलै पाउनु पर्छ यद्यपि सेवा लिए बापत कर तिरिन्छ । खेतमा मिहिनेत गर्छ त्यो किसान जग्गाको मालपोत तिरिरहेको हुन्छ । अन्न बेच्न जान्छ त्यसको मुल्यांकन सरकारले गर्छ । जग्गा बेच्छ कर तिर्छ, अर्काले किन्छ, अनि करै तिर्छ । घर बनाउँछ एउटा मान्छे आफू, आफ्नो परिवार बस्न, करै तिर्छ । नक्सा पासदेखि ढुंगा, बालुवा, सिमेन्ट, इँटा, अनि सम्पुर्ण प्रयोग हुने घरायसी सामानमा अप्रत्यक्ष रूपमा नागरिक करै तिरिरहेको हुन्छ । करै कर छ सबैतिर चर्पी देखि महलसम्म । साइकलदेखि पजेरोसम्म जम्मै कर हिजो भन्दा आजको कर दोब्बर बढाएका छन् जनप्रतिनिधिले । जनताले के के को कर तिर्ने हो आजित भएका छन् । घरघरमा सिंहदराबार भन्नेहरु गफै त हो सम्धी भएको छ । वडा गयो वडा अध्यक्ष भेटिदैन । नगरपालिका गयो मेयर भेटिदैन । कहिले के उद्घाटन कहिले के कार्यक्रम कहिले कुनै तालिम महिनाको महिनै ब्यस्त छन् उनीहरु । अनि त्यो गरिब मानिस कति सपना बोकेर वडा कार्यालय जान्छ तर सामान्य सिफारिस लिन उसलाई हप्तौं धाउनु पर्छ । मनपरि भएको छ यहाँ ।

 
कर पनि अजिब सँग छ कुनै उद्यम गरोस् कर । स्कुटीदेखि कार, जिप, भ्यान जे किनोस् कर । पानीको कर, बत्तीको, सञ्चारको कर, यात्रामा कर । सम्पूर्ण देख्ने बस्तुमा कर लगाएको छ । घरघरमा सिंहदरबार आउँछ ल्याएरै छोड्छौ भन्थे नेताहरुले वास्तवमै सिंहदरबार आएकै हो सिंहकै रुपमा एक महँगो युगको रुपमा करै करको रुपमा । अब यसरी नै जनताले दुःख पाउने हो करै करको रुपमा जनताको रगत चुस्ने हो भने । फेरि जनतामा तिम्रा विरुद्धमा आँधीबेहरी आउन सक्छ । सिंह दरबार गाउँ गाउँमा ल्याउने प्रण गरेकाहरु हो देखाउ है केही गरेर होइन भने जनता निराश छन् । उदेकलाग्दो भएका छन् । सक्छौ कम गर तिम्रो विलासिताको सोंच कम गर तिम्रा प्राचीन शैलीहरु बदल । आउ गरिबको समस्या आफ्नै सम्झ गरिबका योजनाहरु बनाउ । जनता बलियो भयो भने देश बलियो हुन्छ भन्ने सोंच र परिवर्तन गर अनि तिम्रो आफ्नो व्यबहार, बुझाई र शैली बदल बल्ल देख्न सकिन्छ बिकासका पालुवाहरु । अनि बल्ल जनताले महसुस गर्नेछन्, घरघरमा सिंहदरबार आयो भनेर घर घरमा सिंहदरबार आयो ।

प्रतिक्रिया

प्रतिक्रिया