निर्मला बिएम
म हाँस्छु त हाँस्छ म रुन्छु त रोइहाल्छ । भरतपुर क्यान्सर अस्पताल नजिकको एक होस्टेलमा बसेर उपचार गराई रहनु भएको एक २७ बर्षिया महिला १० महिनाको बच्चा काखमा च्यापेर रुन्चे हाँसो हाँस्दै भन्दै हुनुहुन्थ्यो, जब म हाँस्छु यो पनि हाँस्छ जब म रुन्छु यो पनि रुन्छ । तर, मेरो क्यान्सरको दुखाईले चाहेर पनि यसको लागि हाँस्न सक्दिन । उहाँ संगै त्यहि होस्टेलमा बस्नु भएको एकजना आमा भन्दैहुनुहुन्थ्यो, यस्तै भएर त होला दुधे बालकले आमालाई स्वर्ग जाने बाटोमा बसेर छेक्छन् अरे ।
डब्यू एच ओ को रेकर्ड अनुसार बिश्वमा प्रतिदिन हजारौ बालबालिका पाँच बर्ष भन्दा सानो उमेरमा मरिरहेका छन् । केही बालबालिका जन्मदै मानसिक तथा शारीरिक अपांगता लिएर जन्मेका हुन्छन् । नेपालको परिपे्रक्ष्यमा हेर्दा नेपालले मातृ तथा बालमृत्युको न्यूनीकरणमा हालैका वर्षहरूमा उत्कृष्ट प्रगति हासिल गरेको छ । बालबालिका र महिलाहरूको पोषणको अवस्था सुधार्न विभिन्न प्रयासहरू भैरहेका छन् । सहश्राब्दी विकास लक्ष्यहरू हासिल भैसकेका छन् र अब दीगो विकास लक्ष्य हाँसिल गर्न र सरकारका अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पुरा गर्नका लागि मात्र होइन, स्वस्थ र प्रतिस्पर्धात्मक मानवपुँजीको विकास तथा दिर्घ रूपमा अन्तरपुस्ता न्यूनपोषण चक्रलाई तोड्न खास गरी महिला तथा बालबालिकाको पोषण स्थिति सुधार गर्ने उद्देश्यले नेपाल सरकारले सुनौला १००० दिन लक्षित मातृ, शिशु तथा बाल्यकालिन पोषण सञ्चार अभियान अगाडि बढाइएको छ । बाल बिकासको लागि एकदमै महत्वपूर्ण बिकासको समय भनेको बच्चा गर्भमा रहेदेखि दुई बर्ष सम्मको मानिन्छ । यो एकदमै महत्वको हुने भएकोले यसलाई सुनौलो हजार दिन पनि भनिन्छ । जसले बृद्धिलाई विशेष जोड दिन्छ । वृद्धि र बिकास अलिक परक पाटा हुन् । बृद्धि भनेको जन्मने बित्तिकै कति तौल हुनुपर्ने कति लम्बाइको हुनु पर्ने वा छ । त्यसको छ महिना पछि कति हुनुपर्ने भयो कि भएन मापन गर्न र भन्न सकिने कुरा हो । तर, बिकास भनेको कति उमेरको बच्चाले के के क्रियाकलाप गर्नुपर्ने भावनात्मक रुपमा कत्तिको बिकास भैरहेको छ भनेर हेर्ने वा महसुस गर्ने कुरा हो ।
भनिन्छ, बृद्धि एक निश्चित उमेरमा गएर बन्द हुन्छ भने बिकास स्वास रहँदासम्म भैरहन्छ । बच्चा जन्मने बित्तिक्कैदेखि सबै किसिमका भावनाको बिकास गर्दै अगाडि बढ्छ । उसको नमुनाको रुपमा आमा तथा परिवारलाई लिइरहेको हुन्छ । रिस, हाँसो, आँशु, रोदन यि सबैकुरा हेर्दै सिक्दै बढेको हुन्छ र पछि गएर आप्mनो जीवनमा अरुका भावना बुभ्न सक्ने हुन्छ । एकजना सामाजिक कार्यकर्ता भन्दै हुनुहुन्थ्यो मेरो दुइवटा छोराहरु छन् । ठुलोलाई सानैदेखि होस्टेलमा राखे राम्रो पढाउनको लागि अहिले कक्षा १० मा पढ्दैछ । केही दिन अगाडि मेरो बुवाको अचानक मृत्यू भो म धेरै रोए सानो म संगसंगै रोयो मैले खाना नखाएको दिनमा मैले देखे उसले पनि पेटभरी खानै सकेन । तर, ठुलो पनि त्यो बेलामा घरमा थियो उसलाई यी केही कुराले छोएन । आरामले टिभि हेरेर बस्या,े खायो अनि कुनैबेला धेरै आफन्तहरु भेट भएको बेलामा रमाइलो कुरा गरेर धेरै ठुलठुलो स्वरमा हाँस्छ, उ आरामले एक छेउमा मोबाइल खेलेर बस्छ ।
भनिन्छ, विद्यार्थीको लागि घर पहिलो पाठशाला हो भने आमा पहिलो शिक्षक । भालुबाड पुल नजिकको एक स्कुलको भित्तामा लेखिएको थियो, १०० जना शिक्षकले सिकाएको ज्ञान भन्दा एक आमाबाट सिकेको ज्ञान बढी हुन्छ । मदरटेरीसाका प्रसिद्ध भनाइ मध्यको एक यस्तो पनि थियो, संसारलाई खुशी देख्ने मन छ भने आ–आफनो घरमा जाउँ र आ–आफनै बाल बालिकालाई खुशी बनाउ । सानैदेखि खुशी हुदै हुर्केका नानिहरुमा सकारात्मक उर्जाको बिकास हुँदै जान्छ र भोलि गएर सजिलै सही र गलत छुट्याउन सक्ने हुन्छ । अरुको सुखदुःख बुझ्ने ब्यक्ति बन्छ । हामी मध्ये धेरै जनालाई अनुभव भएको कुरा होला सानोमा आमाको अधेरो अनुहार मात्र पनि पढ्न सक्थ्योै हामी । आमा दुखि भएको दिन हामी पनि धेरै पटक दुखि भएका थियौ होला । कुनै घरमा आमा कुनै प्रति नकारात्मक छ भने बिस्तारै उसको काखको नानिले पनि त्यो ब्यक्ति प्रति नकारात्मक ब्यबहार देखाउन थाल्छ । एक बालकले जबसम्म काखमा रहन्छ उसको सबै थोक आमा नै हुन्छ । त्यसपछि बिस्तारै परिवार बुझ्दै जान्छ । कुनै परिवारमा बाउले आमालाई कुटेको देखेर हुर्कदै गएको छ भने बाउलाई दुस्मनको रुपमा पनि हेरिरहेको हुन सक्छ । जब हिड्ने हुन्छ त्यसपछि आमा बाबा दुबैको हात पकडेर हिडन चाहन्छ । परिवार साथमा भएको चाहन्छ । अहिलेको ब्यस्त सामाजले बालकको यो चाहानालाई भौतिक सामान संग साटिदिंदै छ । भौतिक सामानमा भावना जति पैसा हाल्दा पनि पाइदैन र समय पनि हाम्रो अनुसार चल्दैन । हाम्रो सबै राम्रो ब्यबस्था मिलाउने बेलासम्म बालकको त्यो महत्वपूर्ण अबस्था टरिसकेको हुन्छ । बगेको खोला पर्खदैन, बितेको समय फर्कदैन भने झै हाम्रो हातमा पछुतो बाहेक केही रहँदैन । केही दिन अगाडि एक महिला ५ महिनाको नानी च्यापेर फुटाहा गाउँको किलिनिकमा आउनु भएको थियो र भन्दैहुनुहुन्थ्यो, मेरो नानि आज धेरै दिन भैसक्यो झिजिना थालेको खासै बिरामी जस्तो त देखिदैन । तर, खाना राम्रोसंग खाँदैन, खेल्दा पनि खेल्दैन रोइराख्छ र मसंगै झुण्डिराख्छ त्यसको संगसंगै कुराकै क्रममा अर्को कुरा जोडनु भा को थियो । केही दिनदेखि मेरो घरमा अंशबण्डाको ठुलो झगडा चलिरहेको छ । मलाई कसैलाई केही भन्नु छैन । मेरो कुरा कसले सुन्छ र तर दुःख लाग्छ दैनिक झगडाले दिक्क भा छु । यता यस्ले पनि सताइरहन्छ कतिपल्ट अरुको रिस यसैमाथि पोख्छु । हिजो त म दुध चुसाउँदै रोइराखेको रहेछु यसले एउटा हातले मेरो आंशु पोछिरहेको रहेछ झन रुन मन लाग्यो । हामी विचार गर्न सक्छौ त्यो बालकले आमासंग भएको दुःख मससुस गरेर हाँसीखुसी हुन नसकेको होला । हामी पनि कतिपल्ट केही कुरामा दुःखि छौ भने शरीरमा पनि कही कतै दुखाई महसुस गरिरहेका हुन्छौ ।
त्यसैले बाल बिकासको सुनौलो दिनहरुमा भएका आमाहरु पारिवारिक झमेलाहरुलाई थन्काएर भए पनि यो समयमा सकभर धेरै खुशी रहने कोसिस गरौ । यो समयमा आमा स्वस्थ्य र खुशी रहनु एकदमै आवश्यक छ । बच्चाको बृद्धि संगै सबै बिकास हुन पनि अति आवश्यक छ । तपाईको कसैले सिको गर्दैछ । तपाइको हाँसोले कसैलाई धेरै फरक पर्छ अनि परिवारले पनि आ आप्mना घरका बालबालिकाका आमा स्वस्थ्यको साथसाथै खुशी हुन पनि जरुरी छ । त्यसैले खुशी छन् कि छैनन् ख्याल गरौ ।