समाजको अगाडी डरलाग्दो कृषि संकट

बिन्दु राज सापकोटा

अवधारणा ः
विश्व कृषिको अवधारणा न त संहिताबद्ध छ न त सुपरिभाषित धारणा नै हो । यो यसकारण, किनभने आज विश्वको कृषि एउटै इकाईको रुपमा अस्तित्वमा छैन र यो कुनै एक केन्द्रको अधीनमा व्यवस्थीत पनि छैन । वास्तवमा आज यो विद्यमान सबै राष्ट्रिय राज्यहरुमा कृषिको भिन्न–भिन्न राष्ट्रिय इकाईहरूको एक समूहको रुपमा देखिने गर्दछ ।
कृषि–द्मविज्ञान र उद्योगÞ दुबैको द्योतक हो । विज्ञानको रुपमा यसले त्यस सिद्धान्तलाई प्रतिपादित गर्दछ, जो माटोद्वारा विभिन्न प्रकारको उत्पादन–अर्थात, अन्न, वाणिज्यिक उत्पादन, फल, साग–तरकारी आदिको उत्पादन गर्ने, कृषि संसाधनहरु, जस्तै भूमि, पानी, जैविक–विविधता, जंगललाई विकसित गर्ने एवं अन्य कृषि गतिविधिहरु, जस्तै पशुपालन, माहुरी पालन, कुखुरा पालन, माछा पालन, कृषिमा आधारित वन, कृषिमा आधारित उद्योग आदिलाई प्रोत्साहित गर्ने ज्ञानलाई प्रकट गर्दछ । उद्योगको रुपमा यो उत्पादनको एउटा यस्तो व्यवस्थालाई इंगित गर्दछ जो आफ्नो आर्थिक, वित्तीय, राजनीतिक र सांस्कृतिक आयामहरुको साथै विभिन्न कृषि पैदावारहरुको उत्पादन र व्यवस्थीत गर्ने जिम्मेवारी दिन्छ तथा कृषिसंग सम्बन्धित सबै उद्योग धन्धालाई संगठित गर्दछ ।

 
महाशक्तिशाली देश अमेरिकाका राष्ट्रपति ट्रम्प हुन या दुनियाका सबै भन्दा धनी व्यक्ति बिल गेट्स, राजा हुन या रंक, प्रकांड पंडित हुन या महामूर्ख, कुनै महान धार्मिक हस्ती हुन या नास्तिक, बच्चा हुन या बूढा, नर हुन या नारी, भीमकाय पहलवान होस या दुबलो–पतलो मानिस, मतलव कुनै पनि मानिसलाई बाच्नको लागि हावा, पानी र भोजन को आवश्यकता पर्दछ । भोजन हाम्रो लागि यस्तो आधारभुत आवश्यकता हो जसको पूर्ति हामीले कृषिबाट नै गर्दछौ ।

 
कृषिको विकास ः

कृषि लगभग १०,००० वर्ष पहिले मानव समाजमा देखियो जब विशेष परिस्थितिले बिरुवा र पशुलाई पाल्ने लायक खोजको संभावनाहरु जन्माई दियो । त्यस समय हिमयुग समाप्त हुदै गरेको थियो । ग्लेशियर छिटो छिटो खुम्चिदै थिए । कृषिको खोज भइसकेपछि पनि यसले मानव जीवनमा तत्काल प्रधानताको स्थान ग्रहण गर्न सकेन । प्रारम्भको पाँच सहस्राब्दिसम्म पशुपालन मानव जीवनको मुख्य धारा बनिरह्यो किनकि यो प्रारम्भिक कृषि यस योग्य अझै बन्नसकेको थिएन कि जसबाट मानवको खानाको आवश्यकताहरु पूरा हुनसकोस । दस हजार सालभन्दा पहिलेको कालमा मानव पूर्णतया खानेकुरा बटुल्ने र खानाको लागि शिकारमाथि निर्भर थियो । ईसा पूर्व पाँचौं देखि चौथो सहस्राब्दीसम्म कृषि सामाजिक ब्यवस्थाको प्राथमिकतामा आयो । जब मानिसको कृषि ज्ञानमा बृद्धि भयो तथा कृषि नै मूल उत्पादक बन्यो तथा परिस्थिति यस्तो भयो जसले मानवजाति जल–संसाधन हरुको नजिक बस्न योग्य भयो, त्यस समय हाम्रो ग्रहको कुल जनसंख्या करीब १० मिलियन (१ करोड) थियो ।

 
उहिले पनि पशुहरुलाई पालतु बनाउनु र कृषि दुबै कार्य संसारका विभिन्न देशहरुमा भिन्न–भिन्न मात्रामा गरिन्थ्यो । पुरातात्विक प्रमाणहरुले यो इंगित गर्दछन कि सबभन्दा पहिले जुन मानिसहरुले वन–पैदावारहरुको अत्यधिक संग्रहणको माध्यमले केहि हदसम्म स्थायी जीवन जिउन प्रारम्भ गरे, उनै समुदायहरुले खेती गर्न प्रारम्भ गरे । पछिल्लो ५,००० बर्ष देखि खेतीपाती मानव समाजको मुख्य पेशा रहँदै आएको छ । किसानले मानव समाजको लागि भोजन तथा अन्य सम्पूर्ण आवश्यकताहरु कृषिबाट नै पु¥याउदै आएका छन् ।

 
कृषि क्षेत्रले रोजगार दिन्छ, राष्ट्रिय आयमा योगदान गर्छ, उद्योगहरुको लागि कच्चा माल उपलब्ध गराउँछ र खाद्य सुरक्षा प्रदान गर्छ, बैज्ञानिक समाज शास्त्रका बिचारक आर.पी. सराफ को भनाई अनुसार, ‘‘खेती मानव जातिको लागि अति महत्वपूर्ण पेशा हो जो एकातिर पर्यावरण (अर्थात हावा, पानी, जमीन, मौसम, जैविक–विविधता, जंगल आदि) को पूर्ण प्रक्रियाबाट जोडी दिन्छ भने अर्कातिर मानव जाति (अर्थात उसको भोजन एवं स्वास्थ्य) को जीवनरेखा हो । यसकारण खेती मानवको पहिलो एजेण्डामा पर्दछ । तर हालको विश्व कर्पोरेट पूँजीवादी व्यवस्थाको कार्यसूचीमा यस्को स्थान बास्तवमा सबै भन्दा तल छ र यसैकारण अर्थ ब्यवस्थामा यस्लाई तेस्रो स्थान दिइएको छ जबकि पहिलो र दोस्रो स्थान सेवा क्षेत्र र औद्योगिक निर्माण क्षेत्रको छ ।’’

 

 
बढी उत्पादन र सरल मानवीय श्रमको साथै मानव जनसंख्या चिन्ताजनक रूपले बढदै गयो । अब, परम्परागत कृषि बढदो जनसंख्याको खानाको आवश्यकता पूरा गर्न पछाडी पर्दै गयो । तर यो कमी कृषि क्षेत्रको विस्तार गरेर पूर्ति गर्न थालियो । ऐतिहासिक रूपले भूतकालमा वन र चरन भूमि माथिको अतिक्रमणले कृषक समुदायलाई खाने कुराको उत्पादनलाई बढाउने सोझो बाटो प्रदान गर्यो । विश्व स्तरमा पछिल्लो २०० वर्ष भन्दा बढी अवधिको समयमा कुल खेतीयोग्य भूमिमा ६०० मिलियन हेक्टरबाट १५०० मिलियन हेक्टर सम्मको वृद्धि भयो । यद्यपि अनुमानले देखाउँछ कि विश्व स्तरमा क्षयग्रस्त र बाँझो भूमिमा सुधार गरेर कृषि योग्य भूमिलाई १५०० मिलियन हेक्टरबाट बढाएर २१०० मिलियन हेक्टर सम्म बढाउन सकिन्छ, जबकि नेपाल र भारत सहित एशियामा कृषि योग्य भूमिमा १० प्रतिशत भन्दा कम बढोतरीको संभावना छ ।

 
कृषिको संकट ः
विगत केहि बर्ष यता रासायनिक मलखाद, वीउवीजन, किटनाशक बिषादी र कृषि औजारहरुको मुल्य अत्यधिक मात्रामा बृद्धि हुदै जानु, प्रयाप्त मात्रामा सिंचाई नहुनु र कृषकमाथि ऋणको बोझ थोपरिदै जानु, आदी कारणले खेतीको लागत बढ्दै गयो तथा उत्पादनलाई बजारमा विक्री वितरणमा समेत अनेकौ समस्याहरु देखा परिरहेका छन् । अझै, बेमौसमी बर्षाको कारणले कृषकको बालीमा हुने नोक्सानी सम्बन्धी समस्या कसैले सुन्दैन । यसरी खेतीमा हुने बढ्दो लगानी तथा बालीमा सहनु पर्ने नोक्सानीका कारण किसानहरुको तनाव बढ्र्दै गइरहेको छ । किसानहरुको स्वास्थ्यमा दिन प्रतिदिन प्रतिकुल असर परिरहेको छ । उज्वल भविष्यको सुनिश्चिता प्रति अविश्वासका कारण किसानका युवा तथा बालबालिकाहरु दिन प्रतिदित नशाजन्य कुलतको सिकार भइरहेका छन् । फलस्वरुप नेपाल एउटा कृषि प्रधान देश भएर पनि कृषकहरु धमाधम आफ्नो मुख्य पेशा छोडी देश तथा विदेशका साना ठूला शहरहरुमा अन्य विकल्पहरुको खोजीमा भौतारीरहेकाले कृषिमा आधारित जनसँख्या तिब्र रुपले घटिरहेको छ । खेतीपातीको ईतिहाँसमा यस प्रकारको दुर्दसा कृषकले यस अघि कहिल्यै पनि भोग्नुपरेको थिएन ।

 

 
कृषिमा आधुनिकिकरण तथा ब्यवसायीकरण गरी बढी मुनाफा कमाउने अथवा बढी फाइदा लिने प्रलोभन देखाई विगत देखि सरकारमा बस्ने ब्यक्तिहरु विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा राजनितिक दलका नेताहरुले समेत कृषकलाई विभिन्न रसायनहरु (रासायनिक मल तथा विषादीहरु) को प्रयोगमा आकर्षित गरी रासायनिक कृषिको शुरुवात भयो । तर, यसको विपरित कृषकहरुलाई फाइदा पुग्नुको सट्टा रासायनिक मल तथा विषादी बनाउने कम्पनीहरु(ब्यापारी÷पुूजीपति) मात्र मालामाल भएको पाइयो । कृषकको जमिन बन्जड हुँदै गयो, पानीका श्रोतहरु विलय हुने तथा प्रदुषित भएर पिउन लायक रहेन, उत्पादन लागत बढ्नुले कृषकको ऋण बढ्दै गयो तथा रासायनिक खेती पद्धतीले विश्वको भयानक समस्या जलवायु परिवर्तनलाई पनि टेवा पु¥याउन थालेको छ । हालै गरिएकोे एक अध्ययनले के देखाएको छ भने विश्वमा करीब ६०,००० किसानहरुले आत्महत्या गर्नुको मुल कारण जलवायु परिवर्तनबाट कृषिमा पर्न गएको असरलाई मानिएको छ ।

 

 
जलवायु परिवर्तनका कारण भारतमा मात्रै १२.५ करोड टन दलहन बालीको उत्पादनमा कमी आएको छ जुन बर्षाको कारणले भइरहेको उत्पादनको १८ प्रतिसत हो । फेरी पनि विश्व खाद्य एवं कृषि संगठनका अनुसार करिव ४० गरीब विकासशील देशहरुको संयुक्त आबादी करीब २ अरबमा ४५ करोड कुपोषित छन् । यी ४० गरीब विकासशील देशहरुमा जलवाय परिवर्तनका कारण उत्पादनमा कमी आई कुपोषित मानिसहरुको संख्या द्रुत गतिमा बढदैछ ।
जलवायु परिवर्तनबाट सिर्जित संकटमा गम्भीर मौसमी अवस्था जस्तै ः खडेरीदेखि बाढीसम्म तीव्र हुनेछ र यो दोहोरिने सम्भावना अझै बढ्नेछ । एसियामा, बढ्दो वर्षा र खतरनाक रूपका समुद्री आँधीले खाद्य उत्पादनमा ठूलो नोक्सानी पुग्नेछ र ग्रामीण क्षेत्रको आय आर्जनमा प्रभाव पार्नेछ । उदाहरणका लागि श्रीलंकामा सन् २०५० सम्ममा धानको उत्पादन २० प्रतिशत सम्मले घट्नेछ भने फिजीमा कन्दमूलको उत्पादनमा ३६ प्रतिशत सम्मले गिरावट आउनेछ ।

 

 
१८४ भन्दा धेरै मुलुकका १५,००० भन्दा बढी बैज्ञानिकहरुले मानब जातिलाई चेतावनी दिदै भनेका छन कि बर्तमान तथा भाबि मानब स्वास्थ्य तथा मानब भलाइका छेत्रहरु गम्भीर जोखिममा परेका छन् । यसको कारण जलवायु परिवर्तन, बनबिनाश, ताजा स्वच्छ पानीको पहुँचको अभाब, जीव तथा बनस्पतिका प्रजातिहरुको लोप, र मानब जनसंख्याको वृद्धि आदि हुन । (ःयलमबथ ज्ञघ ल्यख। द्दण्ज्ञठ को ःयतजभचदयबचम यलष्लिभ मा प्रकाशित क्तभउजभल ीभबजथ, को लेखबाट साभार)
त्यस्तै गरी अर्को एक प्रतिवेदनका अनुसार संसारभर १ लाख प्रकारका रासायनिक किटनाशक बिषाधीहरु हरेक बर्ष २५ लाख टन बरावर खेतीबारीमा प्रयोग हुँदै आइरहेको छ । त्यस्तै विश्व स्वास्थ्य संगठन (ध्ज्इ) का अनुसार संसारभर करिब ३० लाख मानिसहरु किटनाशक बिषाधीको खराब असरको सिकार हुने गरेका छन्, जसमध्ये २ लाख मानिसहरुको मृत्यु हुने गरेको छ ।
१९ अक्टोबर २०१७, बीबीसी नेपाली सेवाले बताए अनुसार––जर्मनीका ६३ वटा प्रकृति संरक्षण केन्द्रहरुमा गरिएको अध्ययनले पुतली र मौरी सहित विभिन्न प्रजातिका उड्ने किराहरुको संख्या ७५ प्रतिशत भन्दा बढ्ताले घटेको देखाएको छ । किराहरुले पराग सेचन प्रकियामा महत्वपूर्ण भूमिका खेल्दछन् र उनीहरु चराहरुको आहाराका प्रमुख श्रोत हुन् । वैज्ञानिकहरुले धेरैवटा प्रकृति संरक्षण केन्द्रहरु खेतीयोग्य जमिन भएका क्षेत्र नजिक रहेको र खेतमा प्रयोग गरिने किटनाशक औषधीका कारण त्यस्तो भएको हुनसक्ने संकेत गरेका छन् । किरा नष्ट हुँदा त्यसले पृथ्वीको जीवनचक्रमा नै दुरगामी प्रभाव पार्ने चिन्ताहरु प्रकट भएका छन् ।
यहाँ सम्झिनु पर्ने कुरा के छ भने, भारतमा करिब ६० बर्ष अघि रासायनिक खेती प्रविधि भित्रिएको थियो भने त्यसको केहि बर्ष पछिबाट नेपालमा पनि यसले प्रवेश पाएको थियो । जसको कृषक तथा कृषि बैज्ञानिकहरुले खुलेर प्रसंसा गरेका थिए । त्यस समय भारतमा रासायनिक खेतीलाई हरित क्रान्तीको नाम समेत दिईएको थियो । अहिले आएर यो प्रविधि खेतीको अभिसाप सिद्ध भएको छ । बहुसंख्यक बैज्ञानिकहरुको राय के छ भने जि.एम. खेती ज्यादा खतरनाक हो । जसले मानिसहरुमा विमारीसंग लड्ने क्षमतालाई नष्ट गरिदिन्छ तथा बालबालिकाहरु जन्मजातनै कमजोर भएर जन्मिने गर्दछन् । यी र यस्तै अन्य कारणहरुले गर्दा समाजको अगाडी डरलाग्दो कृषि संकट पैदा भएको छ ।

 
समाधानको उपायः
माथी उल्लेखीत कृषि संकटका कारणहरुले के माग गर्दछन् भने यस प्रकारका मुद्धाहरुमा कृषक एवं समस्त बौद्धिक बर्ग अगाडी आएर यस प्रकारका खेती प्रणालीहरुलाई रोक्न कृषकहरुमा जनचेतना फैलाउनुका साथ सरकारलाई दवाब सृजना गरेर रसायनयुक्त र जि.एम. खेती प्रणालीलाई बन्द गरि प्रकृति मैत्री तथा मानव मैत्री कृषि प्रणाली अपनाउन सकियोस । खासमा, कृषकहरुले सयकडौँ बर्ष पहिले देखि अपनाउदै आएको जैविक खेतीलाई आधुनिक विज्ञान र प्रविधि तथा तौरतरिकाहरुसंग जोड्ने हो भने रासायनिक खेती बराबर मात्र नभै धेरै बढी मात्रामा उत्पादन बढाउन सकिन्छ । अतः यस प्रकारका उपायहरु तुरुन्त ब्यवहारमा उतारिएन भने कृषकहरुले सरकार प्रति निर्भर रहनु खतरा सिद्ध हुनेछ तथा रासायनिक खेतीबाट उत्पन्न हुने असर हाम्रो आउने पिढीले अत्यधिक रुपमा खप्नुपर्ने हुन्छ । अब यसबाट यो सवाल पैदा हुन्छ कि कृषकहरु १०० प्रतिशत नै जैविक खेतीमा कसरी फर्किने होला ? हाम्रो मान्यता यो छ कि कृषक एक्लैले यो कार्यलाई पूर्णरुपमा मुक्त दिलाउन कठिन छ, किनभने रासायनिक खेती अपनाउनको लागि समाजका पुरै अंगहरु मिलेर उक्साएका थिए तथा उक्साउदै छन् ।

 
यसकारण, अब सम्पूर्ण मानव जगत, नेपाल सरकार, प्रादेशिक सरकार तथा स्थानीय सरकारहरुलाई यो अपिल गरिन्छ कि सबै मिलेर कृषकहरुलाई जैविक खेती प्रणाली अपनाउन आवश्यक मद्धत गरौ ।
यो कुरा सही हो कि कृषकहरु खुद आफु खुसिले वीउवीजन छनौट गर्ने, बिभिन्न खेती प्रक्रियाहरु अपनाउने देखि बजारीकरण सम्मका कार्यहरु गरिरहेका छन्, जसमा बढीजसो विचौलियाहरुको चलखेलको चँगुलमा पर्न बाध्य भईरहेका छन् । जसको उद्धेश्य खेतीपातीलाई धन्दाको रुपमा प्रयोग गरी मुनाफा कमाउने मात्र रहेको हुन्छ । कृषि मानब जातीको जीवन रेखा हो, पर्यावरणको रक्षक हो तथा यो मुनाफा कमाउनेवाला धन्दा होइन । अतः कृषिलाई केवल मुनाफा कमाउने धन्दा बनाउनु भनेको प्रकृति तथा मानव विरोधी कदम हो । वास्तवमा यो सामुहिक आत्मघाती कदम हो ।

 
पर्यावरण मानव मैत्री–जैविक कृषिको आवश्यकताः
जैविक खेती एउटा यस्तो उत्पादन पद्धती हो, जसले एकातर्फ सबै पर्यावरणीय संसाधनको उचित सुरक्षा तथा सम्बद्र्धन गर्दछ भने अर्कोतर्फ मानविय हितहरुको सेवाका साथै आवश्यकता पनि पुरा गर्दछ । सरल रुपमा भन्नुपर्दा जैविक खेती कृषि उत्पादनको एउटा यस्तो ब्यवस्था हो, जसले सबै कृतिम वस्तुहरुको प्रयोगलाई प्रतिबन्धित गर्दछ, माटोलाई उब्जाउ युक्त बनाउदछ तथा फसल चक्रको विविधिकरणलाई आवश्यक बनाउँछ । साथै यसले बहुबाली, घाँस, चारा एवं बाली एवं पशुपंक्षी बीच पुरक एकताको पद्धतीलाई अपनाउदछ । यसले कृषि, जलवायु ब्यवस्था, स्वास्थ्य, जैव–विबिधता सहित जैविक चक्र तथा माटोको जैविक गतिविधिलाई सम्बद्र्धन तथा विकास गर्दछ । जैविक खेतीको उचित प्रबन्धले जल प्रदुषणलाई घटाउदछ वा समाप्त गर्दछ, यसका साथै यस खेती प्रणालीले खेतबारीमा पानी र माटोलाई संरक्षित गर्नमा मद्दत गर्दछ ।

 

 
किसानहरुलाई सशक्तिकरणको माध्यमबाट कृषि संकटको दीर्घकालिन हलः
माथि उल्लेखित सत्य तथ्यका बावजुद कृषिका बैकल्पिक उपायहरुमा जैविक तथा जि. एम. खेतीमा कुनै पनि तत्काल पुर्णरुपमा लागु गर्न कठिन छ । जैविक खेतीका सामुन्य यो समस्या छ कि रसायनमा आधारित खेती प्रणालीलाई जैविकमा बदल्न लामो समय लाग्न सक्छ भने जि.एम. खेती तत्काल सम्भव नहुनुको कारण यस सम्बन्धि विश्व जनमत तथा खासगरी बैज्ञानिकहरुको धारणा विभाजित छ । तसर्थ यस समस्याको हल दीर्घकालिन प्रासंगिक मार्गबाट निकाल्न सकिन्छ । अतः खेतीपातीको यो समस्याबाट बाहिर आउनका लागि निम्न लिखित तत्कालिन उपायका साथसाथ दीर्घकालिन उपायहरु अपनाउन सकिन्छ ः
क. कृषि क्षेत्रको हरेक पक्षमा स्वाभाविक तथा दुई अन्तरसम्बन्धित भागहरु–अर्थात कृषक समुदायको सामाजिक मानवीय पक्ष र कृषिको उव्जनी प्रणाली–द्वारा बनेको छ । दुबै अन्तरसम्बन्धित छन् । एकको बिना अर्कोको अध्ययनले कहिले पनि एक वास्तविक चित्रण प्रस्तुत गर्दैन ।
ख. किसान समुदायको सामाजिक संगठन पर्यावरण एवं मानव समर्थक सहकारीको माध्यमबाट अगाडी बढ्न जरुरी छ । जसमा हरेक कृषकले पर्यावरण एवं मानव नेतृत्व सहकारी मोडेलमा आ–आफ्नो बारीमा गर्ने तर समस्याको समाधान सामुहिक तरिकाले गर्ने पद्धती अपनाउन सकिन्छ ।
ग. जल उपयोग क्षमतालाई अधिकतम गर्नको लागि पानी निकास र पानी पुनर्भरण अनुपातलाई उचित स्तरमा कायम राखिनेछ । सबै पर्यावरणीय संसाधनहरु–अर्थात, हावा, पानी, भूमि, जैविक विविधता र जंगलहरूको सम्वर्धनको लागि हरप्रकारको प्रयास गरिनेछ ।
घ. बाली नोक्सान हुने अवस्थामा किसान समुदायको निम्नतम रुपमा आम्दानीको स्तरलाई सुनिश्चित गर्नका लागि प्रत्येक सहकारी कृषि सोसायटीले सरकारसंग “बाली प्रभावित बीमा योजना” लागु गरोस भनि माँग गर्नेछ ।
ङ. अझै महत्वपूर्ण के छ भने सरकारको तर्फबाट कृषकको खेतीपातीमा भईरहेको बढ्दो ऋण लगानीलाई मध्यनजर गर्दै सम्पूर्ण कृषि सहकारी तथा कृषकहरुलाई निम्नानुसारको सहयोग गर्न जरुरी छ ः
१. कृषि नाफा कमाउने ब्यवसाय नभई यो समाजको जीवन रेखा हो । कुनै अन्य उद्योग ब्यवसायमा घाटा लागेमा उसलाई बन्द गर्न सकिन्छ तर कृषिलाई बन्द गर्न कुनै तरिकाबाट सम्भव छैन ।
२. देशको अर्थ ब्यवस्थामा पहिलो स्थान कृषिलाई दिन जरुरी छ तथा उद्योग तथा सेवा क्षेत्र दोस्रो दर्जामा राख्न जरुरी छ ।
३. बिउविजन देखि लिएर कृषि बजार सम्म जैविक कृषि प्रक्रियामा कृषकहरुको नियन्त्रण विकास गर्न आवश्यक सहयोग गर्ने ।
४. जैविक खेतीलाई आधुनिक विज्ञान एवं प्रविधिहरुसंग जोड्नका लागि केन्द्रिय सरकार, प्रादेसिक सरकार तथा स्थानीय सरकारहरुले यसमा आफ्नो बजेटको कम्तिमा ५०% रकम कृषिमा छुट्याउनु पर्दछ ।
५. कृषकका हरेक कर्जाहरु समाप्त गर्न सरकारले आवश्यक सहयोग गर्न आवश्क छ ।
उपर्यूक्त कार्यक्रमलाई ब्यवहारमा लागु गर्नका लागि निम्न लिखित ३ वटा बुँदाहरुको परिपुर्ति गर्न अत्यन्त जरुरी छः १. कृषकहरु माझ यो जनचेतना जगाउन जरुरी छ कि प्रस्तावित कार्यले कृषिको वर्तमान संकटलाई
पार लगाउने एक प्रभावकारी माध्यम बन्न सक्छ तथा यसलाई व्यवहारमा लागु गर्न सबैजना
एकजुट भएर अगाडी बढ्न जरुरी छ ।
२. उपर्यूक्त कार्यहरुलाई पुरा गर्न सबै कृषक संगठनलाई संगठित एवं प्रोत्साहित गरी कृषकको एक साझा संगठन बन्न जरुरी छ साथै उक्त बुँदाहरुलाई बास्तविकतामा लागु गर्नका लागि एक प्रभावकारी कार्ययोजना बनाई अगाडी बढ्न जरुरी छ ।
३. राजनैतिक निर्णय सम्पूर्ण क्रियाकलाप तथा नीतिहरुको केन्द्रमा रहने भएकोले, यस मोडेललाई लागु गर्नका लागि विभिन्न तहका सरकारहरुले आवश्यक नीति नियम निर्माण गरी समतामुलक तरिकाले कृषकहरुलाई सहयोग गर्ने मोडेल तयार गर्न सबै तहका सरकारहरुमा सहकारी खेती मोडल समर्थक किसानहरुको उपस्थिति जरुरी छ ।
सन्दर्भ सामाग्रीः
१. विश्व–कृषि ः इसके संकट, कारण और समाधान, इतिहास में कृषिका क्रमिक विकास, विश्व कृषि और आगे का कार्य ः आर.पी.सराफ द्वारा सम्पादित नेचर–ह्ुमन सेन्ट्रिक व्यूपाइन्ट का संकलन (नोभेम्बर–डिसेम्बर २००२ से जुन, २००९ तक) ।
२. नेपालको कृषि प्रणालीको विकास र प्रांगारिक कृषि प्रबद्र्धनको नीतिगत व्यवस्था ः डिलाराम भण्डारी पूर्व महानिर्देशक, कृषि विभाग, कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा मिति २०७५÷०२÷११ देखि १२ सम्म आयोजित प्रकृति–मानव मैत्री कृषि सम्मेलनमा प्रस्तुत कार्यपत्र ।
३. एसियाली सहरहरूमा जलवायु परिवर्तनको असर भयावह ः राजधानी दैनिक पत्रिका, ६ असोज २०७४ लगायत बिभिन्न पत्रपत्रिका र समाचारहरु । (सापकोटा प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल युनिटका
कोषाध्यक्ष हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया