विद्यार्थीले वितरण गरे तीन हजारबढी यात्रुलाई सर्वतपानी

नेपालगन्जमा बढ्दो गर्मीबीच कैलपाल हस्पिटल एण्ड कलेजका विद्यार्थीले यात्रुलाई चिसो सर्वत पानी वितरण गरेका छन् ।

विद्यार्थीमा मानवीय सेवा भाव वृद्धिका लागि सडकमा ओहोरदोहर गरिरहेका यात्रुहरुलाई निःशुल्क सर्वतपानी रुपमा वितरण गर्ने व्यवस्था कलेजले मिलाएको हो ।


गणेशमान चोकमा बुधवार दिनभर खटिएका कैलपालका विद्यार्थीले ३ हजारबढीलाई चिसो सर्वतपानी वितरण गरेका कलेजका प्रवन्ध निर्देशक संजय सिंहले जानकारी दिए । निर्देशक रेवती सिंहको सक्रियतामा कैलपालका पिसिएल इन जनरल मेडिसिन, पिसिएल मेडिकल ल्याब टेक्नोलोजी, पिसिएल डाइग्नोस्टिक रेडियोग्राफी, डिप्लोमा इन फार्मेसी र कम्प्युटर इन्जिनियरिङका विद्यार्थी मानवीय कार्यमा खटिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया