विगत केही समय देखी एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाहरुमा आफु लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनी सुविधा लिने गरेको भन्ने सूचना अनुसार सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगंज तथा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सो व्यक्तिको निगरानी गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१२ घर भई हाल जिल्ला बाँके नेपालगंज उप(महानगरपालिका वडा नं.२० राँझा स्थित डेरा कोठा लिई वस्ने वर्ष ३७ को मोहन कोईरालाले सो कार्य गरेको भेटिएको हुँदा निजलाई सोधपुछ गर्ने क्रममा निजले सम्मानित आयोग तथा यस कार्यालयबाट खटिएको प्रहरी कर्मचारीलाई गाली गलौज गरि काम कारबाहीमा अवरोध गरेको हुदा निजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।

नामथर : मोहन कोईराला
उमेर : ३७ वर्ष
ठेगाना : जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१२
(हाल नेपालगंज उप-महानगरपालिका वडा नं.२० )
नोट :
निज मोहन कोईरालाबाट कोही कसै ठगिन गएको भएमा वा निजले कोही कसैलाई भ्रममा पारी झुट्टा आश्वासन दिई लाभ लिएको भएमा यस कार्यालयमा उजुरी दिन हुन समेत अनुरोध गरिएको छ ।
सूचना अधिकारी
(नारायण डाँगी)
प्रहरी नायव उपरीक्षक
जिल्ला प्रहरी कार्यालय बाँके











