मृत अवस्थामा फेला

१० कात्तिक

            खोटाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ लालिखर्कस्थित फलाँटे बस्ने ३६ वर्षीया लाक्पा डिकु शेर्पा घर नजिकै गोरेटो बाटोमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । उनकै श्रीमान ४० वर्षीय दावा शेर्पाले मादक पदार्थ सेवन गरी सामान्य वादविवादमा चिर्पट प्रहार गरेको र लाक्पा बाटोमा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ समेतबाट खटिएको प्रहरीले दावालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

            झापा, अर्जुनधारा नगरपालिका-११ नँया बसपार्कस्थित मे.१ ज १३३८ नम्बरको बोलेरोमा पाँचथरको ओयामबाट यात्रा गर्दै आएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बसेको सिटमै शुक्रबार मृत अवस्थामा फेला परेका  छन् ।  

               घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया