मृत अवस्थामा फेला

दैलेख, नौमुले गाउँपालिका-२ नौखेरी बस्ने ३२ वर्षीय जिबराज शाही सोही गाउँपालिका-१ स्थित धाराडाडा गोरेटो बाटो तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

 

बारा, जितपुरसिमारा उपमहानगरपालिका-२ सिमरा बस्ने ५५ वर्षीय कृष्ण पौडेल आफ्नै घरको छतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

            सुनसरी, धरान उपमहागनगरापलिका-१० बस्ने ४१ वर्षीय नबराज गुरूङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

            सुर्खेत, भेरीगंगा नगरपालिका-२ कालापानी बस्ने ७० वर्षीय शेर बहादुर नेपाली सोही नगरपालिका-२ कालापानी सामुदायिक वनको गोरेटो बाटोबाट करिब १ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया