कर्मचारी मिलन केन्द्रको पुरस्कार

बांकेका जिल्ला निर्वाचन अधिकारी रमा पन्त र सडक पुल कार्यालय पुरस्कृत

गत बैसाख ३० गते भएको स्थानीय तह तथा मंसिर ४ गते गरिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफल बनाएकोमा बांकेका जिल्ला निर्वाचन अधिकारी पन्तलाई पुरस्कृत गरिएको कर्मचारी मिलन केन्द्रले जनाएको छ ।


बांकेका जिल्ला निर्वाचन अधिकारी रमा पन्त पुरस्कृत भएकी छन् । उनलाई कर्मचारी मिलन केन्द्रले नगद पांच हजार पुरस्कार तथा सम्मानपत्र उपलब्ध गराएको हो ।


बांके जिल्लामा उत्कृष्ठ काम गर्ने सरकारी कर्मचारी तथा कार्यालयलाई मासिक रुपमा कर्मचारी मिलन केन्द्र हौसला प्रदान गर्दै पुरस्कृत गर्दै आएको छ । त्यसक्रममा कार्यालयको काममा अहोरात्र खटी प्रभावकारी रुपमा समन्वय र सहकार्य गरेर निर्विवाद कार्यसम्पादन गरेकी पन्तलाई पुरस्कृत गरेको हो ।


गत बैसाख ३० गते भएको स्थानीय तह तथा मंसिर ४ गते गरिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफल बनाएकोमा बांकेका जिल्ला निर्वाचन अधिकारी पन्तलाई पुरस्कृत गरिएको कर्मचारी मिलन केन्द्रले जनाएको छ ।


त्यस्तै, पौष मसान्त सम्ममा उल्लेखनीय पंूजिगत खर्च गरेर विकास निर्माणमा टेवा पुर्याए बापत सडक पुल कार्यालयलाई नगद पांच हजार पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको छ ।


कार्यालय प्रमुखको बैठकमा बांके प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री तथा कर्मचारी मिलन केन्द्र बांकेका अध्यक्ष खडानन्द अधिकारीले सम्बन्धीत कर्मचारीलाई नगद पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया