मानवबेचबिखन विरुद्ध सरोकारवालाबीच छलफल

नेपाल र नाइजेरियाका मानव बेचबिखन विरुद्ध क्रियाशिल अभियन्ताहरुले साझा सवालमा छलफल आयोजना गरेका हुन्

मानवबेचबिखन बिरुद्ध भइरहेका अभ्यास चुनौती भावी योजनाका बारे बिहीबार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ । स्कीप सिए स्टेक होल्डरर्स एण्ड नलेज एक्सचेन्सज सहकार्य परियोजना अन्र्तगत ओपन युनिर्भरसीटि यु के र मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध क्रियाशिल संस्था शान्ति पुनस्र्थापनाको नेतृत्वमा एएम सहजीकरणमा नेपाल र नाइजेरीयाका मानव बेचबिखन र उत्पीडितबाट मुक्त रहेका ब्यक्तिहरुका लागि पुनर्मिलन सम्बन्धमा सहजीकरण गर्न लगायतका अनुभव आदान प्रदान गरिएको थियो ।

अभिलेखिकरण केस स्टोरीको बारेमा मात्र नभई खोजमुलक अनुसन्धान मुलक मानबेचबिखन बिरुद्ध सम्बन्धी पत्रकारिताका बारेमा पनि छलफल गरिएको थियो । ओपेन युनिभरर्सटीको नेतृत्वमा हरेक देशबाट ३ देखि ५ जनासम्म सदस्य मानवबेचबिखन बिरुद्ध संघसंस्था सहभागी थिए ।

नाइजेरीयाका तर्फबाट अपिएर मेडी, ओपन युनिर्भरसीटि युकेको तर्फबाट डाक्टर सरस्वती दवाडी लगायत मिडियाकर्मी बेचबिखन बिरुद्ध बिषयमा काम गर्ने सरोकार वाला लगायतले आप्mनो अनुभव सुनाएका थिए ।

नेपालको तर्फबाट सुमन सापकोटा शान्ति मानव बेचबिखन उत्पीडितबाट मुक्त रहेका ब्यक्तिहरुको सामाजिक पुनर्मिलन र पारिवारिक पुनर्मिलनमा सहजीकरण गर्ने सम्बन्धमा अनुभव आदान प्रदान गरिएको थियो । कार्यक्रममा नाइजेरिया र नेपालका बेचबिखन सँग सम्बन्धित घटनामा उद्दार गरिएका पीडितहरुको अनुभव आदानप्रदान पनि प्रस्तुतिकरण गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया