रोशनपूर्वामा सडक र विद्युत पहिलो प्राथमिकता – अध्यक्ष पदका उम्मेदवार यादव

नेकपा एमालेबाट नरैनापुर गाउँपालिकाका प्रमुख पदकी उम्मेदवार पदमावति यादवले नरैनापुर गाउँपालिका वडा नं. २ को रोजशपूर्वामा पहिलो प्राथमिकता सडक र विद्युतलाई दिने बताएकी छन् । विकासका आधारभूत पूर्वाधारहरु सडक र विद्युतको पहुँच नपुगेको रोशपूर्वाका बासिन्दलाई घरदैलोका क्रममा अध्यक्ष पदका उम्मेदवार यादवले आफु निर्वाचित भएपछि प्राथमिकता दिएर रोशनपूर्वामा सडक बनाउने तथा विद्युत पुर्याउने प्रतिबद्धता जनाएकी हुन् ।

प्रमुख पदका उम्मेदवार पदामावति यादव घरदैलोमा पुग्दा महिलाहरुले भव्य स्वागत गरेका थिए । नरैनापुर गाउँपालिकामा नेकपा एमालेले पदमावतिलाई उम्मेदवार बनाएर महिलाप्रति सम्मान गरेको भन्दै मतदाताले भोट दिएर जिताउने प्रतिबद्धता जनाएका थिए । ‘वडादेखि गाउँपालिकासम्म यसपटक एमालेले भोट दिन्छौं’, रोशनपूर्वाका स्थानीय मतदाताले भने ।

घरदैलोका क्रममा स्थानीयले गाउँका समस्या सुनाउँदै समाधान गर्न पदमावतिसँग आग्रह गरेका थिए । ‘एमाले उम्मेदवारले विकास गर्छु भनेर भोट मागेका छन्, हामी यस पटक जिताएर हेर्छौ’ रोशनपूर्वाका मतदाता भन्छन् ।

एमाले नेता सोहनलाल यादवले १ सय ६२ बर्षदेखि रोशनपूर्वा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै एमाले गाउँपालिकामा निर्वाचित भए नेपाल भूमिबाटै बाटो बनाएरै छाड्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया