पौरखीद्वारा शैक्षिक सामाग्री सहयोग

पौरखी बहुद्देश्यीय सहकारी संस्था नेपालगन्जले बालबालिकालाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ ।


संस्थाले दिएको जानकारी अनुसार, पौरखीले आफ्नो बाल अनुदान कोषबाट शिक्षा, स्वास्थ्य र पोषणको जोखिममा रहेका १९ जना बालबालिकालाई नोटबुक,डटपेन,ज्यामिति बक्सलगायत शैक्षिक सामग्री,स्कुल पोसाक र ब्याग समेत प्रदान गरेको हो ।


पौरखीले विगत ७ वर्षदेखि अप्ठेरोमा परेका बालबालिकाहरूलाई प्रत्येक वर्ष यसरी सहयोग उपलब्ध गराउँदै सामाजिक दायित्व निर्वाह गर्दै आएको संस्थाका पूर्व अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।


त्यसै क्रममा यसपटक नेपालगन्जदेखि राप्ती सोनारी बिनौनासम्मका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरू छनोट गरी सहयोग प्रदान गरिएको हो ।

यसै बिच शुक्रवार बसेको पौरखीको पदाधिकारी बैठकले यही फागुन ७ गते सदस्यहरूलाई गाभर भ्यालीमा बनभोज लैजाने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया