प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तको शनिवार स्मृति सभा गरिएको छ । ०७६ माघ १५ गते स्वर्गारोहण भएका अग्रज पत्रकार गुप्तको स्मरणमा स्वतन्त्रता सेनानी पन्नालाल गुप्त प्रतिष्ठानले स्मृति सभा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य युवराज शर्माले लोकतन्त्र, नागरिक अधिकार प्राप्ती र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि गुप्तले अतुलनीय योगदान पु¥याएको चर्चा गरे । पत्रकारितामार्फत समाजलाई सुसूचित गर्न स्व.गुप्तले पुर्याएको योगदान स्मरण गर्दै शर्माले समाज विकास र पत्रकारिताको प्रवद्र्धनमा पनि अंह भूमिका रहेको बताए ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमले स्व. गुप्ताको सरल र असल स्वभावसँगै पत्रकारिताप्रतिको आस्था र निरन्तरता उदाहरणीय भएको धारणा राखे ।
प्रतिष्ठानका अध्यक्ष विजय कुमार गप्ताको अध्यक्षतामा भएको कार्यक्रम महासचिव शुक्रअषि चौलागाईले सञ्चालन गरेका थिए । कार्यक्रममा नेपाल पे्रस यूनियन बाँकेका अध्यक्ष अर्जुन वली, अवधी पत्रकार संघका अध्यक्ष राकेश मिश्र, प्रतिष्ठानका कानूनी सल्लाहकार राकेश कुमार सोनी, प्रेस मञ्चका उपाध्यक्ष आशीष गुप्ता, सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी लगायतले स्व. गुप्ताको स्मरण गरे ।