लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोनको जन्मोत्सव मनाउने क्रममा बाँके, बर्दियामा लायन्स तथा लियो क्लबहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । त्यसक्रममा बुधबार लायन्स क्लब अफ नेपालगन्ज भेरीले जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ ।

लायन्स क्लब अफ नेपालगन्ज भेरीले नेपालगन्ज उप–महानगरपालिकाको पुरैनीमा ४० जना जेष्ठ नागरिकलाई कम्बल प्रदान गरेको लायन्स क्लब अफ नेपालगन्ज भेरीको पूर्व अध्यक्ष सावित्री वस्नेतले जानकारी दिइन् ।
कार्यक्रममा लायन लिडरहरु सुस्मा सुवेदी, संजय थापा, सरस्वती शर्मा, आभा गौतम, सावित्रा शर्मा, भगवती भण्डारी, सुनिता पाण्डे लगायतको उपस्थिति रहेको थियो ।