खजुरामा स्वास्थ्य शिविर

बाँकेको खजुरा गाउँपालिकामा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपालगन्ज मेडिकल कलेजले खजुरा गाउँपालिका, नेपाली सेनाको श्री भैरव प्रसाद गण र लायन्स तथा लियो क्लब सँगको सहकार्यमा स्थानीय ज्ञानोदय मावि परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

मेडिकल कलेजका उपनिर्देशक डा. नितेश कनोडियाका अनुसार, शिविरमा ९ सय ९६ जनालाई ओपिडिमा र २ सय ३५ जनालाई रेफरल चेकजाँच गरिएको छ । ‘सबैभन्दा बढी आँखामा समस्या देखियो’, डा. कनोडियाले २ सय ६४ जनामा आँखामा समस्या देखिएको जानकारी दिंदै भने ५७ जनालाई रेफर गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया