कानुनी सुविधाको दुरुपयोग गर्दै अवैध गर्भपतन गराउनेको संख्या बढ्दै

रुपा गहतराज (नेपालगंन्ज )

बाकेको नेपालगंन्ज उपमहानगरपालिका –५ की एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । उनले पहिलो सन्तान छोरी जन्माइन् । दोस्रोपटक गर्भवती हुदा उनले नेपालगंन्ज मेडिकल कलेजमामा अल्ट्रासाउन्ड गरिन् ् । गर्भको सन्तान छोरी भएको थाहा भयो । त्यसपछि उनले गर्भपतन गराइन् । त्यसपछि पनि गर्भको शिशु छोरी रहेको थाहा पाएपछि लगातार दुई पटक उनी गर्भ तुहाउन विवश भइन् । किनकी उनका पति र परिवारलाई छोरी चाहिएको थिएन । जसरी हुन्छ छोरा जन्माउनु पर्ने बाध्यता र दवाव परिवारबाट उनलाई थियो ।

तीन पटकसम्म गर्भपतन गराउ“दाको परिणाम अहिले उनले भोगिरहेकी छन् । उनको स्वास्थ्य अवस्था राम्रो छैन । ‘शारीरिक कष्टले अहिले निकै सताउछ, उनी भन्छिन् ।’ एउटा छोरा पाउनका लागि तीन पटक गर्भपतन गराउनु मेरो रहर होइन्, उनले भनिन् , त्यो पिडा भोग्नेले मात्र महसुस गर्न सक्छ ।’

नचाहदा नचाहदै पनि छोरी जन्मिएपछि उनले शारीरिक, मानसिक र सामाजिकरुपमा यति पीडा सहनुप¥यो कि, जसको कुनै लेखाजोखा छैन । दुई छोरी जन्मेको १० बर्षको फरकमा उनले छोरा जन्माइन् ।

नेपालगंन्ज उपमहानगरपालिका ३८ बर्षीया शिक्षित परिवारकी एक महिलाले पनि छोराका लागि ३ पटक गर्भपतन गराइन् । उनी सरकारी सेवामा छन् । उनको परिवारले छोरा पाउन दबाब दिएपछि उनले तीन पटक गर्भपतन गरीसकेको बताउ“छिन् ।् । अहिले उनका दुइ छोरी छन् । परिवारको बंश धान्न पनि छोरा पाउनुपर्छ भन्ने उनलाइ परिवारबाट दबाब छ । मुख खोलेर नभनेपनि परिवारले आफुलाइ हेर्ने दृष्टीकोण र गर्ने व्यवहार फरक रहेको अनुभव उनले गरेकी छन् । ‘मेरा छोरीहरुलाइ गर्ने ब्यवहारमा नै घरमा बिभेद छ उनले भनिन् ,‘म बुझने भएर पनि आफनै परिवारलाइ सम्झाउन् सक्दिन’परिवारमा मेरा छोरीको हैसियत देख्दा निकै पीडा हुन्छ ।’
विभेदपूर्ण लिङ्ग छनोट गरी गैरकानूनी तरिकाले पटकपटक गर्भपतन गराएका कारण उनको शारीरिक अवस्था कमजोर छ । उनले भनिन्, ‘गर्भपतनकै कारण मेरो तल्लो पेट दुखिरहन्छ ।’

नेपालगंन्ज उपमहानगरपालिका १२मा बस्ने अर्की एक महिलाले पनि छोरोको चाहनामा गर्भपतन गराउन बाध्य भइन् । एउटै सन्तान हुदा पनि उनले दुइ पटक गर्भपतन गराइन् । पहिलो सन्तान छोरी भएकै कारण दोस्रो सन्तान छोरा बनाउन उनले परिवारकै दबाबका कारण दुई पटक गर्भपतन गराइन् । ‘धेरै सन्तान पाएर हुर्काउन पनि सजिलो छैन्’ उनले भनिन् ,‘त्यहि भएर आफनै शरीरको माया नगरी आफनै शरिरलाइ दुःख. दिन बाध्य छौ’

छोराछोरी समान हुन् भन्ने बुझाइको कमीले गर्दा यो अवस्था सिर्जना भएको उनको भनाइ छ ।नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ । गर्भपतनले कानूनी मान्यता पाएकै कारण पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । कानुन अनुसार गर्भ पहिचान गरि पतन गराउने काम गैर कानुनी भनिएपनि धेरै महिलाहरु पारिवारिक र सामाजिक दवावका कारणले लिङ्ग पहिचान गरी छोरी भए पतन गराउन बाध्य भइरहेका छन् ।

सहजै भिडियो एक्स–रे गर्न सकिने सुविधाले पनि लिङ्ग पहिचान र गर्भपतन बढेको छ ।

छोराको चाहनामा विभेदपूर्ण लिङ्ग छनोट गर्नेको सख्या पछिल्लो समय बढ्दै गएको छ । पहिलो सन्तान छोरी भएका प्रायः दम्पतीले गर्भ रहनासाथ लिङ्ग परीक्षण गराउने गर्छन् । समाजका शिक्षित परिवारमै पनि लैङ्गिक विभेद कायमै छ । उच्च शिक्षा अध्ययन गरेका दम्पतीले पनि विभेदपूर्ण लिङ्ग परीक्षण गराएको पाइएको छ । आर्थिक बर्ष २०७८÷७९ को पा“च महिनाको अवधिमा भेरी अस्पताल बाकेमा गर्भपतनको सेवा लिन आउनेको संख्या एक सय ८७ जना रहेका छन् । जसमा जथाभाबी औषधी सेवन गरेर गर्भपतन गराएपछि समस्या भएर आउनेको संख्या हो । भेरी अस्पतालमा कार्यरत नर्स बसुन्धरा ज्ञवालीका अनुसार बाहिर लिङ्ग पहिचान गराइ गर्भपतन गराउन आउने संख्या अस्पतालमा कमै हुन्छन् ’उनले भनिन् , तर पहिलो सन्तानमा बिभेद नभएपनि पहिलो सन्तान पछि छोराको चाहना राख्ने दम्पती धेरै हुन्छन् ।’

प्रसुती कक्षमा कार्यरत बसुन्धराले यस्ता अनुभव धेरै संगालेकी छन् । छोरा जन्मने थाहा पाउने बित्तिकै परिवारले अस्पतालमै उत्सव मनाउछन् उनले भनिन्, चेतनाको अभाव नै भन्नुपर्छ छोरी जन्मिने परिवारमा भने कुनै रौनक देखिदैन् ।’
अस्पतालमा आर्थिक बर्ष २०७७÷७८मा मात्र २ हजार ५८५ जनाले गर्भपतन गराएको तथ्याकं छ ।

स्त्री रोग विशेषज्ञ डा अंकुर भण्डारीका अनुसार अल्ट्रासाउन्ड रोगको पहिचान, निदान र उपचारमा सहयोगी उपकरण हो । ‘गर्भवतीको परीक्षणका साथै गर्भाशयमा रहेको शिशुको अवस्था, कुनै खतरा र शिशुमा देखिन सक्ने गडबडीको परीक्षणका साथै अन्य रोगको पहिचानका लागि यो प्रविधिको प्रयोग गर्ने हो ’उनले भनिन् ।’ गर्भधारणको निश्चित समयपछि अल्ट्रासाउन्डमार्फत गर्भको लिङ्ग पहिचान गर्न सकिने भएकाले यो प्रविधि गैरकानूनी रुपमा दुरुपयोग भइ गर्भपतन गराउने हतियार बन्न पुग्यो ।’

सेवाग्राहीहरूको आग्रह र बाध्यताका कारण बढी पैसा असुल्न पाइने भएकाले भु्रणको लिङ्ग पहिचान गरिदिने र गैरकानूनी गर्भपतन गराइदिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सख्या पनि बढ्दै गइरहेको अधिवक्ता बसन्त गौतम बताउ“छन् । त्यस्ता स्वास्थ्यकर्मी र मेडिकलको अनुगमन र कारबाही नहुदा गैरकानुनी रुपमा गर्भपतन गराउने कार्य बढदै गएको गौतमको धारणा छ ।
महिलाको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्नकै लागि गर्भपतन गर्न पाउने कानून बनाइएको हो तर यही कानूनले गर्दा महिलाहरु जन्मन नपाउदै गर्भमा मरीरहेका छन्, गौतम भन्छन् । ’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन, २०७५ ले गर्भवतीलाई गर्भको लिङ्ग पहिचान गर्न त्रास देखाई वा करकाप गरी, धम्की दिई वा ललाइफकाई प्रलोभन वा अनुचित प्रभाव र झुक्यानमा पारी, जोरजुलुम गरेर दबाबमा पार्न नहुने व्यवस्था गरेको छ । यदि यस्तो गरेमा मुलुकी अपराधसंहिता २०७४ ले गर्भको अवधिअनुसार एक वर्षदेखि पाच वर्षसम्मको कैद सजाय र रु १० हजारदेखि रु ५० हजारसम्मको जरिवाना ताकेकोे छ ।

पारिवारिक इज्जत र प्रतिष्ठाका कारण र परिवारबाट एक्लिनुपर्ने वा निकालिनुपर्ने डरले जबर्जस्ती गर्भपतन गराउनु परेपनि महिलाहरु यस्ता उजुरी लिएर नआउने गरेको अधिवक्ता गौतमको छ । छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने पराम्परागत संस्कारले गर्दा हाम्रा सामाजिक मुल्यमान्यताले लैङ्गिक विभेदलाई बढावा दिएको छ जसले गर्दा छोराको छनोट बढी भई नवजात शिशु जन्ममा लिङ्ग अनुपात असन्तुलन बढेको उनको भनाइ छ ।

भेरी अस्पताल प्रादेशिक अस्पतालको तथ्याङ्कलाई हेर्ने हो भने पनि पछिल्लो वर्षमा महिला शिशुभन्दा जन्मिने सख्या पुरुष शिशुको बढी छ ।
अधिकार्मी कमला पन्त लैङ्गिकतामा आधारित हिंसा, लिङ्ग पहिचानको पछाडि धार्मिक अन्धविश्वास र शक्ति सम्बन्ध जोडिएकाले यसलाई संवेदनशील बनाएको बताउ“छिन् । उनी भन्छिन्,‘लैङ्गिक हिंसा नियन्त्रणका लागि समाजमा चेतनाको स्तर अझै बढन सकेको छैन् । समाजमा छोरा छोरीलाई समान रुपले नहेरीदिदा बिभेद हटन सकेको छैन ।्’

समाजमा छोरीको महत्व बुझाउन सकियो भने विभेदपूर्ण लिङ्ग छनोट रोक्न सकिने उनको धारणा छ । स्थानीय तहले छोराछोरीमा हुने बिभेदविरुद्ध चेतना फैलाउने कार्यक्रम गरीरहेको नेपालगंन्ज उपमहानगरपालिीकाका उपमेयर उमा थापाको दावी छ ।
‘त्यस्तो स्पेसीक कार्यक्रम नभएपनि हामिले हाम्रा अभियानहरुमा लैङ्गिक बिभेद कम हामीले निरन्तर अभियानहरु चलाइरहेका छौ’ उनले भनिन् , ‘बालिकाहरुलाइ प्रोत्साहनका लागि उनीहरुको सहभागिता बढाउने काम काम गरीरहेका छौ’
उनका अनुसार हरेक स्थानीयतहले लिङ्ग पहिचानगरी लागि गरीने गर्भपतन रोक्न अभियान चलाउन जरुरी छ । ‘खासगरी समुदाय स्तरमा छोराछोरी बिच हुने बिभेद कम गर्न सामुहीक कार्यक्रम ल्याउन जरुरीछ ’

प्रतिक्रिया

प्रतिक्रिया