बाँके युनेस्को क्लबले मानव बेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगन्जमा दुई दिने क्षमता विकास तालिम सञ्चालन गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत मानव बेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि सो तालिम मंगलवार शुरु गरिएको क्लबले जनाएको छ ।
समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई सफल पार्न युवा अभियन्ताहरुका लागि तालिम शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी द्यिए । तालिममा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाबाट, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका अभियन्ताको सहभागिता रहेको छ ।
मानवबेचविखनका जोखिम, जोखिममा रहेका बालबालिकाहरुका आबश्यकताको पहिंचान, सहयोगका क्षेत्रहरु, जोखिम कम गर्ने उपायहरु, जोखिम अबस्थाका बालबालिका र परिवारको पहिंचान, त्यसका बिधीहरु लगायत समग्र बाल संरक्षणको बिषयहरुमा प्रशिक्षक आशिष बर्माले प्रशिक्षण दिनेछन् ।
प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक सन्तोष पुलामी, बाँके युनेस्को मंगलवार तालिम शुभारम्भमा क्लबका कार्यक्रम संयोजक विनिता आरसी, युनेस्को बाँकेका सल्लाहकार रुद्र सुवेदी लगायतको उपस्थिति रहेको परियोजनाका फिल्ड अफिसर शंकरसिंह थारुले जानकारी दिए ।
मंगलवारनै बाँके युनेस्को क्लबले सोही परियोजना अन्तर्गत स्टिक एण्ड स्टोन सम्बन्धि तालिम दिएको खजुरा २ मा रहेको योगिनी मावि र वडा नम्बर घ मा सामाजिक व्यवहार परिवर्तनको अनुगमन गरेको जनाएको छ ।
क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीको नेतृत्वमा अनुगमनमा गएको टोलीमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, कार्यसमिति सदस्य फिरदौस जहाँ, परियोजनाका फिल्ड अफिसर शंकरसिंह थारु र रन्जना विकको सहभागिता रहेको थियो । अनुगमन टोलीले लक्षित वर्गलाई भेटेर कार्यक्रमको उपलब्धी बारे अनुगमन गरेको थियो ।