कुबेर शाही/कोहलपुर
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी एकेडेमी स्कुलले आफ्नो वार्षिक क्यालेन्डर अनुसार एक दिने बृहत स्वास्थ शिविर आयोजना गरेको
छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले शिविरको उद्घाटन गर्दै विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यालयमा स्वास्थ शिविर संचालन गर्नु स्वास्थ्यका लागि राम्रो भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा बाँके जिल्ला प्रमुख अधिकारी सुर्य बहादुर खत्रीले जसरी बागेश्वरी एकेडेमीले दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ त्यसरी नै भविष्यमा देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए । त्यसका लागि आफुले सम्बन्धित निकायसंग समन्वय गरेर सहयोग गर्ने आश्वासन दिए ।

सभाका अध्यक्ष तथा बागेश्वरी एकेडेमीका संचालक समितिका अध्यक्ष किसन गुरुङले स्वास्थ शरीर र स्वस्थ्य मानसिकताले मात्र हाम्रो सिकाइ कियाकलापलाई सहज बताउँछ भन्ने अभिप्रायले आफ्नो वार्षिक क्यालेन्डर अनुसार स्वास्थ शिविर संचालन गरेको बताए ।
गुरुङले अन्तर्राष्ट्रिय स्तरबाट कोभिड १९ विरुद्धको खोप उपलब्ध भएर मानव जीवन सामान्य भएता पनि अहिलेसम्म बिद्यार्थीले खोप लगाउन नपाउनु अधिकारको हनन भएको बताए । उनले छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार संग अनुरोध गरे ।