नेपाल–भारतका गैरसरकारी संस्थाहरुले मानवबेचविखन रोक्ने सामुहिक प्रतिबद्धता गरेका छन् । नेपालगन्जमा आयोजना गरिएको एउटा बैठकमा सहाभागी उनीहरुले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरुले उक्त प्रतिबद्धता गरेका हुन् ।

उनीहरुविच बाँके युनेस्को क्लबले नेपालगन्जमा आयोजना गरेको समन्वय बैठकमा सहभागी अधिकारकर्मीहरुले आपसी एकता, समन्वय र सहकार्यमा सीमा क्षेत्रबाट हुँदै आएको मानव बेचबिखनका गतिविधि न्युनिकरण गर्नका लागि सहमत भएका थिए ।
दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच समन्वय र सहकार्य बढाउन सो बैठकको आयोजना गरिएको आयोजक बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअली सिद्दीकीले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाले प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा बाँके युनेस्को क्लबको आयोजनामा बैठक गरिएको हो ।
नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले बेचबिखनको रोकथामका लागि दुबै देशविच सहकार्य र समन्वय आवशयक रहेको धारणा राखिन् । उनले जोखिममा परेकालाई उद्दार र पुनस्थापना गर्नको लागि स्थानीय सरकार, संघसंसस्था नागरिक समाजको भुमिका अहम हुनु पर्ने कुरामा जोड दिएकी थिइन् ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक डिल्लीबहादुर खड्काले नेपाल भारत दुबै तर्फबाट समन्वयात्मक रुपमा सहकार्य गर्नसके मानव बेचविखन जस्तो जघन्य अपराध न्युनिकरण गर्न सकिने बताए ।
सो बैठकमा देहात भारतका हसन फिरोजले समन्वय र सहकार्यले मानवबेचविखन रोकिने विश्वास व्यक्त गरेका थिए ।
बाँके युनेस्को क्लवद्वारा सञ्चालन गरिएको ‘प्रोटेक्ट’ परियोजनाका संयोजक महेश नेपालीले यस क्षेत्रको अवस्था बारे जानकारी दिएको बैठकमा भारतमा मानव बेचबिखनविरुद्धको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु सहभागी थिए ।
कारितास इण्डियाका एनिमेश वीलियम्स, देहात भारतका हसन फिरोज, जेएफ खान, सन्लाप कोलकताका निरज र डिएसडब्लुएस लखनउका राजेश सहभागी रहेको बैठकमा सबै सहभागीले दुई देशका अधिकारकर्मीहरुको समन्वयात्मक सहकार्यमा जोड दिइएको
थियो ।
बैठकमा प्लान नेपालका सन्तोष पुलामी, साथी संंस्थाका सरस्वती पराजुली, शक्ति समुहकी निर्मला पौडेल, माइती नेपालबाट पुष्पा नेपाली, साना हातहरुबाट अम्बिका पुनलगायत सहभागी रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।