नेपालगन्ज आँखा स्वास्थ्य सम्बन्धी प्रशिक्षण आयोजना गरिएको छ । नेपालगन्जमा रहेका नेत्र विशेषज्ञ तथा आँखा उपचारको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सहभागिता आँखा सम्बन्धि स्वास्थ शिक्षा कार्यक्रम आयोजना गरिएको हो ।
प्रशिक्षणले विश्वमा आँखा उपचारका भित्रिएका नयाँ प्रविधिहरुको ज्ञान आदानप्रदान हुने गर्दछ । साथै रोग पत्ता लगाउन पनि प्रशिक्षणले प्रभावकारी भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् ।
नेत्ररोग विशेषज्ञ डा. प्रचण्ड गौतम र डा. बिक्रम थापाले दृष्टि नशा र दृष्टि पर्दाको जाँच तथा रोगको बारेमा प्रस्तुतीकरण राखेका थिए ।
भिजन आँखा अस्पताल र नेपाल चिकित्सक संघ भेरी शाखाको आयोजना र सन फर्माको प्रायोजन कार्यक्रमको आयोजना गरिएको हो ।
भिजन आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रचण्ड गौतमको अध्यक्षतामा भएको कार्यक्रममा भेरी अञ्चल अस्पतालका फिजिसियन तथा चिकित्सक संघ भेरी शाखाक उपाध्यक्ष डा खगेन्द्र जङ शाह अतिथि र नेपाल चिकित्सक संघ केन्द्रिय सदस्य तथा नेपालगन्ज मेडिकल कलेजका प्रा. डा. नन्दा गुरुङको मुख्य आतिथ्यता रहेको थियो ।
