आजबाट कर सप्ताह

आज बुधबारदेखि कर सप्ताह विभिन्न कार्यक्रम गरी देशव्यापी रुपमा मनाइ“दै छ । दिगो राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि सुदृढ कर शासन स्थापित गर्न भन्दै सरकारले २०६९ साल देखि राष्ट्रिय कर सप्ताह मनाउन थालेको हो । मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस र मंसिरको पहिलो सातालाई कर सप्ताहका रुपमा मनाइने गर्छ ।

कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पनि सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ । कर सप्ताहका क्रममा करदाता सम्मानदेखि व्यवसायीहरुको छाता संगठनहरुसँगको सहकार्यमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख शरदचन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया