नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले निर्वाचनमा लैंगिक समावेशीतामा जोड दिएका छन् । निर्वाचन आयोगले लैंगिक समावेसी नीति कार्यान्वयन तथा निर्वाचनमा दुष्प्रचार सम्बन्धि सरोकारवालासंग छलफल कार्यक्रममा बोल्ने सहभागीहरुले संविधान र कानुनले राज्यका हरेक निकायमा समानुपातिक सहभागिताको ब्यवस्था गरेको भए पनि सो अनुसार प्रतिनिधित्व हुन नसकेको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै निर्वाचन आयुक्त डा. जानकी तुलाधरले लैंगिक समानता र समावेसीता सवाल संबिधानमै उल्लेख भएकाले यसलाई सबै राजनैतिक दलहरुले कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिईन । कानूनले नै स्थानिय तहमा ४० प्रतिशत र प्रदेश संघमा ४० प्रतिशत महिलाको सहभगिता सुनिश्चित हुन सकेको उल्लेख गर्दै आयुक्त तुलाधरले राज्यका हरेक निकायमा समानुपालिक सहभागिताको ब्यवस्था गरेकाले त्यसको कार्यान्वयमा सबै सरोकारवला लाग्नु पर्नेमा जोड दिएकी थिईन ।
लैंगिक समावेशीताको मुद्दा सबैको साझा मुद्दा भएको जनाउँदै आयुक्त तुलाधरले संबिधानमा भएको ब्यवस्थालाई कार्यान्वयन गराउन आयोगले कार्यक्रमको माध्यामबाट खवरदारी काम गर्दै आएको बताएकी थिइन् ।
स्वच्छ, निष्पक्ष र विश्वसनिय निर्वाचनका गराउन र आम मतदातालाई निर्वाचनमा सहभागी गराउन र खसेको सबै मत गराउने आयोगले भुमिका खेल्दै तुलाधरले बताइन् । निर्वाचनमा दुष्प्रचर नभैदियोस भन्नेमा सबै पक्ष सचेत हुनु पर्ने उनको भनाइ थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख उमा थापा मगरले निर्वाचनमा लैंगिक समाल महत्वपूर्ण भएकाले यसलाई प्राथमिकतामा राखिनु पर्ने बताइन् । तीन तहको निर्वाचन नजिकिदै गर्दा आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख थापाले लैंगिक समावेसीकरण जोड दिएकी हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले निर्वाचनमा सबै पक्षको उचित सहभागिताको लागी लैंगिक समानुपातिक समावेशीतामा दलहरुले ध्यान दिनु पर्नेमा जोड दिए । अधिकृत श्रवण कुमार लुईटेलले सञ्चालन गरेको कार्यक्रममा निर्वाचन आयोगका उपसचिव कोमल प्रसाद धमालाले समावेसीता नेपालको मियो भएकाले यसको कार्यान्वनयमा जोड दिए ।
कार्यक्रममा नियोक लुम्बिनी प्रदेश कोषाध्यक्ष वसन्त गौतमले लैंगिक समानता तथा समानुपातिक सहभागितामुलक सिद्धान्त अनुरुप निर्वाचनमा महिला तथा समावेसी समुहको सहभागिता अभिबृद्धिका लागि राज्यका हरेक निकाय जिम्मेवार हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, अपाङ्गता भएका, तेश्रो लिङ्गि, एकल महिला, मधेसी, दलित, निर्वाचन पर्यवेक्षक संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
यसै बिच निर्वाचन आयोगले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका लैंगिक समावेशी सम्पर्क ब्यक्तिहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । कार्यक्रमलाई निर्वाचन आयुक्त डा. जानकी तुलाधरले संबिधानले प्रदान गरेको संबैधानिक दायित्व पुरा गर्ने क्रममा निर्वाचन आयोगले निर्वाचनमा स्वच्छ निष्पक्ष, बिश्वसनिय र मितब्यति बनाउने दिर्घकालिन सोचका साथ कार्य गरेको बताएकी थिइन् ।
बाँकेका जिल्ला निर्वाचन अधिकारी खुम प्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रममा तालिमको उद्देश्यमा प्रदेश निर्वाचन कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बोलेका थिए भने साझेदार सस्था आईफिइएसका तालिम संयोजक राज बहादुर सापकोटाका तालिमका बिषयबस्तुबारे जानकारी गराएका थिए ।