प्रतिष्ठानको साधारण सभा

अच्यूतराज सुवेदी स्मृति प्रतिष्ठानले सोमवार वार्षिक साधारण सभाको आयोजना गरेको छ । संस्थाका अध्यक्ष प्रकाश सुवेदीको अध्यक्षतामा भएको साधारण सभाले प्रतिष्ठानलाई सामाजिक क्षेत्रमा अझ बढी सक्रियतापूर्वक पु¥याउने निर्णय गरिएको सचिव झलक गैरेले जानकारी दिए ।

साधारण सभा उद्घाटन गर्दै प्रतिष्ठानका संरक्षक, प्रतिनिधि सभा सदस्य पूर्ण कुमारी सुवेदीले संस्थालाई समाजका लागि समर्पित गर्न सुझाव दिइन् । साधारण सभाले सामुदायिक स्वास्थ्यमा सहयोग गर्न प्रतिष्ठानलाई निर्देश गरेको अध्यक्ष सुवेदीले बताए ।

युवा उद्यमी अच्यूतराज सुवेदीको २०७२ को महाभुकम्पमा ज्यान गएपछि उनको स्मृतिमा बाँके जिल्लाबाट भुकम्पमा ज्यान गुमाएकाहरुका पीडित परिवारलाई संगठित गरि २०७३ मा प्रतिष्ठान स्थापना गरिएको थियो । प्रतिष्ठानले विपदविरुद्ध सक्रिय व्यक्तित्वलाई राष्ट्रिय रुपमा सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया