कोहलपुर ५ का खड्का सहित १२ जना नेकपा एसमा


कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य शंकर खड्काले नेकपा एकीकृत समाजवादी रोजेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा बाँकेका १२ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । जसमध्ये १ जनाले भने सनाखत फिर्ता लिन निवेदन दिएको छन् ।

निर्वाचन कार्यालयले नेकपा एमालेबाट छुट्टिएर माधव नेपालको नेतृत्वमा नयाँ नेकपा एकीकृत समाजवादीमा जान चाहनेलाई सम्बन्धित निर्वाचन कार्यालयमा मंगलबार ५ बजेसम्म सनाखतका लागि समय दिएको थियो ।

खड्काले आइतबार नेपालगन्जस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा समाजवादीमा सनाखत गरेका थिए । खड्काले नेकपा एमालेमा मनपरी भएकाले एमाले परित्याग गरी नेकपा एस रोजेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया