रोटरी क्लब अफ सेन्ट्रल बाँकेले गर्यो ब्ल्याक फंगसबारे बहस

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले नेपालगन्जबाटै राष्ट्रियस्तरको बहस सञ्चालन गरेको छ । ब्ल्याक फंगसबारे भर्चुअल बहस गरेको रोटरी क्लब अफ सेन्ट्रल बाँकेले देशैभरिका विभिन्न विज्ञ चिकित्सकहरु समेतलाई सहभागी गराएको हो । रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष कुमार सान शाहको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेशलन ३२९२ का डि.जी. डाक्टर राजिव पोखरेलको प्रमुख आतिथ्य रहेको रोटरी क्लब अफ सेन्ट्रल बाँकेका प्रेसिडेन्ट नोमिनी रोटरीयन सि ए बिश्व भन्डारीले जानकारी दिनु भयो ।

बिशिस्ट अतिथिहरुमा DGE RI District 3292 रोटरीयन सन्तोष रिजाल, DGN RI District 3292 रोटरीयन जितेन्द्र भण्डारी, DGND RI District 3292 रोटरीयन राजेन्द्र धोजु, IPDG रोटरीयन किरणलाल श्रेष्ठ , PDG -Chair District Training Committee संजय गिरी र अतिथिमा RC Central बाँकेका सल्लाहकार रोटरीयन कृष्ण पाण्डे हुनुहुन्थ्यो । उक्त गरिमामय कार्यक्रमलाई RC Central Banke का efइस प्रेसिडेन्ट रोटरीयन सतिश अधिकारीले स्वागत गर्नुभएको थियो । रोटरी क्लब अफ सेन्ट्रल बाँकेका प्रेसिडेन्ट नोमिनी रोटरीयन सि ए बिश्व भन्डारीले कार्यक्रमको संयोजन गर्नुभएको थियो । कोभिड 19 को सन्त्राससँगै फेरि नेपालमा भित्रिएको Black Fungus: ब्ल्याक फंगस के हो ? ब्ल्याक फंगस लाग्नुको कारण के हो ? ब्ल्याक फंगसले कुन उमेर समुहका मान्छेमा बढि नोक्सान पुर्याउछ ? ब्ल्याक फंगस र हाम्रो आँखा बिचमा के संबंध छ ? ब्ल्याक फंगसबाट बच्ने उपाय के हो ? र ब्ल्याक फंगस भएको नभएको कसरी पत्ता लगाउने ? यो रोग लागि सकेपछि के कस्तो सावधानी अपनाउने ? माथि उल्लेखित सम्पुर्ण प्रश्नको जानकारी रोटरी क्लब अफ सेन्ट्रल बाँकेका इलेक्ट प्रेसिडेन्ट रोटरीयन बरिस्ठ नेत्र रोग बिशेषज्ञ डाक्टर प्रचण्ड गौतमले अाधा घन्टाको प्रेजेन्टेसन गर्नुभएको थियो । साथमा रोटरीयन डाक्टर सुभाष योगी पनि हुनुहुन्थ्यो ।

अाँखा र अाँखासँग सम्बन्धित ब्ल्याक फंगस रोगको बारेमा जानकारी लिन पाउँदा सबैजना अत्यन्तै खुसी हुनुभएको थियो । रोग लाग्नु भन्दा पहिले नै रोगसँग जानकार भयौं भने हामी सचेत हुन्छौं र सुरक्षित रहन्छौ । उक्त कार्यक्रममा डि जी लगायतले अत्यन्तै महत्त्वपूर्ण शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेशनल लेबलको उक्त कार्यक्रममा एकसय पचास बढी सहभागी हुनुभएको थियो । रोटरी क्लब र यस क्लबले गर्नुपर्ने काम र कर्तव्यको बारेमा अग्रजहरुले बोल्नुभएको थियो ।

रोटरी क्लब अफ सेन्ट्रल बाँके को आयोजना भएको कार्यक्रममा मदर क्लब RC Central लुम्बिनीका प्रेसिडेन्ट हिरा बहादुर शाहले Vote of Thanks दिनुभएको थियो । डेढ घन्टा लामो कार्यक्रमको अन्त सम्म रहेर प्रमुख अतिथि राजिव पोखरेल लगायत बिशिस्ट अतिथि ज्युहरुले धन्यवाद ज्ञापन गर्नुभएको थियो । समाजमा हरेक घटना र दु:खहरुमा अग्रसर रहेर समाजिक कार्य गर्ने रोटरी क्लबले अागामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरू गर्ने कुराको प्रतिबद्धता सहित सभा अध्यक्ष रोटरीयन डाक्टर कुमार सान शाहज्युले कार्यक्रम समापन गर्नुभएको थियो भने उक्त कार्यक्रम संचालन रोटरीयन दिला शाहले गर्नुभएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया