कोरोना संक्रमण न्यूनिकरणमा सहयोग पुर्याउन बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टिपिओ नेपाल) ले बाँकेका स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकालाई पिपिई किट, सेनिटाइजर, फेसशिल, गावन, डिजिटल थर्मामिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको टिपिओ नेपालका मनोविमर्शकर्ता कर्णराज रिमालले जानकारी दिए । उनले कोभिड संक्रमण न्यूनिकरणमा स्थानिय तहले गरेका काम कारवाहीमा मद्धत पुगोस भन्ने उदेश्यले सहयोग गरिएको बताए ।
‘हाम्रो सानै सहयोग भए पनि यसले बाँकेमा विद्यमान कोरोना समस्या समाधान गर्न सहयोग पुग्ने आशा गरिएको छ,’ उनले भने । नेपालगञ्ज उपमहानगरपालिकामा मेयर डाक्टर धवल शम्शेर राणालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । भने हस्तान्तरण कार्यक्रम नेपालगञ्ज ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, स्वास्थ्य संयोजक राम बहादुर चन्द, अधिकारकर्मी बसन्त गौतम लगायतको उपस्थिति रहेको थियो ।
यस्तै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, उप मेयर संजु कुमारी थारु, नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष संगिन शर्मा, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष हेमन्त बिक लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । यसै गरि नरैनापुर गाउँपालिकालाई छिटै स्वास्थ्य सामाग्री बितरण गरिने टिपिओ नेपालका कर्ण रिमालले बताए ।