बांके जिल्लाका बर्मा कुर्मी समुदायको तर्फबाट वर्मा कुर्मी सहयोगी हात अघि सरेका छन् । सहयोगी हातका नाममा संगठित उनीहरुले भेरी अस्पतालमा संचालित अञ्जनी माता रसोईलाई ६० हजार मुल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

बांके जिल्लामा बसोबास गर्ने कुर्मी वर्मा समुदायको सहभागिता स्वरुप कुर्मी वर्मा सहयोगी हात, बांके द्वारा संकलित खाद्यान्न सामग्री हस्तान्तरण गरिएको डा. कौशल कुमार वर्माले जानकारी दिए ।
डा. बर्माका अनुसार, हस्तान्तरण गरिएको साद्यान्न सामग्रीमा ५ क्विन्टल जीरा मसिनो चामल, ५० किलो अरहर दाल, ५० किलो पीठो, १ क्विन्टल आलू, १० किलो तोरीको तेल, २० पैकेट नून, ४० किलो गुड भेली र ५० पेटी मिनरल वाटर रहेको थियो ।
त्यसक्रममा वर्मा कुर्मी सहयोगी हात बांकेले अञ्जनी माता रसोईका सञ्चालक तथा कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । सम्मानमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वस्फूर्त सामाजिक सहभागिताले आफू निकै हर्षित भएको बताए । नेपालगन्जमा कोही पनि भोकै बस्नु नपर्ने किसिमको ब्यवस्था मिलाउन लागिएको नगरप्रमुख डा. राणाको भनाइ छ ।
अञ्जनी माता रसोईका अध्यक्ष जितेन्द्र सिंहले वर्मा कुर्मी सहयोगी हात बांकेलाई धन्यबाद पत्र हस्तान्तरण गरेका थिए । कुर्मी वर्मा समाजका अगुवा केशवराम बर्माले आजबाट अन्जनी माता रसोई घरलाई सहयोग गरी शुभारम्भ गरिएको आउने दिनमा सामाजिक सेवामा कुर्मी समाजले आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने बतानए ।
कार्यक्रममा समाजका अगुवाहरु राम कुमार चौधरी, सुरेन्द्र वर्मा, बिराट वर्मा, रबिन्द्र चौधरी, बिशाल वर्मा, बिनोद वर्मा, नेपालगन्ज बड़ा न १८ का वडाअध्यक्ष दीपक वर्मा उपस्थित भई खाद्यान्न हस्तान्तरण गरेका हुन् । समाजबाट प्रेरक काम गर्न यसरी सेवाभावको काम गरिएको सहयोगी हातका सदस्य, वडाध्यक्ष बर्माको भनाइ छ ।