भेरी अस्पताल नेपालगन्जमा सुन्दर काण्ड मित्रमण्डल अन्जनी माता रसोइ द्वारा संचालित बिरामी र बिरामीका कुरुवालाई सहुलियतमा खाना दिने गरिएकोमा उक्त कार्यमा सक्रियता देखाइरहेका समाजसेवी बिमल चन्दलाई व्यवस्थापन समितिले प्रवक्तामा नियुक्ति गरेको छ ।

संस्थाका अध्यक्ष विनोदकुमार राठीले चन्दलाई नियुक्तिपत्र दिंदै शुभकामना व्यक्त गरेका छन् । यो महामारी र संकटमा बिरामी र कुरुवालाई मध्येनजर गर्दै नेपालगन्जको भेरी अस्पतालमा २० रुपैयाँमा पटेभरी खाना खुवाउने गरिएको छ । उक्त कार्यमा नेपालगन्जका युवा व्यवसायी, समाजसेवी चन्दले समन्वयकारी भूमिका निर्वाह गर्दै देश विदेशबाट सहयोग जुटाइरहेका छन् ।
अन्जनी माता रसोइको अगुवाईमा कोभिडको महामारीमा नेपालगन्जको भेरी अस्पतालमा आउने बिरामी तिनका कुरुवा लाई बिगत लामो समस्यदेखि २० रुपैयाँमा खाना खुलाउने गरिएकोमा हिजोदेखि साँझ पनि जेठ मसान्तसम्म २० रुपैयाँमै खुलाउने सूचना जारी गरेको छ । नेपालगन्ज स्थित हुनुमानगडी मन्दिरका गुरुका भक्तजन्बाट सुन्दरकाण्ड मित्र मण्डल परिवारले यस्तो महानकार्य संचालन गर्दै आएको हो ।

बाँकेलगायत विभिन्न जिल्लाबाट भेरी अस्पताल आउने बिरामी र कुरुवाको लागि सहुलियत दरमा खाना खान पाउँदा उनीहरूले खुशी व्यक्त गरेका छन् । चन्दले केही दिन अघि आमाको मुख हेर्न दिनमा खाद्यान्न सहयोग गरेका थिए । प्रवक्ता चन्द विगत लामो समयदेखि नेपालगन्जमा रहेर सामाजिक अभियानमा सहकार्य गर्दै आएका छन् । पत्रकारितासंग सम्बन्धित भएकोले उनले कोभिडको पहिलो लहरमा नेपालगन्जका पत्रिका वितरकलाइ पनि सहयोग गरेका थिए ।
नेपालगंज विल्डर्स प्रा ली का प्रबन्ध संचालक, नेपाल तरूण दल बांकेको सह सचिव पदमा आवद्ध चन्द नेपालगंज उपमहानगरपालिका उप प्रमुखको सचिवालय समेत हेरिरहेका छन । बिरामीको सेवाका लागि अक्सिजनको जो गरेर सम्बन्धित सल्यान लगायत ठाउँ पुरयाउनुका साथै कोभिड व्यवस्थापनमा सहयोगी भूमिकामा छन् । अहिले चन्दलाई विहान देखी वेलुका अबेर सम्म जो कोहिले पनि भेरी अस्पताल, रेडक्रस,अंजनी माता रसोई लगायतका ठाँउमा भेट्न सकिन्छ । आफुले स्वास्थ्य पढेको कारण सहज भएको हुँदा सकेसम्म विरामीहरुलाई परेको समस्या सामाधान गरिरहेको उनी बताउँछन् । ।