बडाध्यक्ष बर्माले गरे प्रहरीलाई सहयोग

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक कुमार बर्माले कोरोना महाहारी नियन्त्रणमा फ्रन्टलाइनमा काम गरिरहेका प्रहरीका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
मंगलवार जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालयमै पुगेर वडाध्यक्ष बर्माले प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक कुमार बर्मा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्दै मंगलवार जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालय


दोस्रो चरणको कोरोना लहरमा बाँकेका ३९ प्रहरी संक्रमित भइसकेका छन् । ती मध्ये २८ जनाले कोरोनालाई परास्त गरिसकेका छन् । यो बेला थप जोखिमबाट जोगाउन प्रहरीलाई सहयोग गरिएको वडाध्यक्ष बर्माले बताए ।
प्रहरीलाई ५५ पोका माक्स ५ लिटर वाला २ जर्किन र २५ पीस सेनेटाइजर सहयोग हस्तान्तरण गरिएका जानकारी दिंदै वडाध्यक्ष बर्माले प्रहरीलाई हौसला बढाउन व्यक्तिगत रुपमा अग्रसर भएको बताए ।
वडाध्यक्ष बर्माले एक सातादेखि नेपालगन्जमा आफ्नै खर्चमा निःशुल्क एम्बुलेन्स सेवा दिइरहेका छन् । भने, वडाले घरघरमैं चिकित्सक सहितको स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ ।
देशभर नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । भने, कोभिड–१९ बाट ज्यान गुमाउने प्रहरीको संख्या ८ पुगेको छ ।

वडावासीलाई सहजै निःशुल्क एम्बुलेन्स सेवा

प्रतिक्रिया

प्रतिक्रिया