रसोईलाई ईन्सेकको एक लाख

भेरी अस्पताल परिसरमा बिरामीलाई खाना खुलाई रहेको अन्जनी माता रसोईलाई खाना खुवाउन अधिकारकर्मी संस्था ईन्सक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले एक लाख सहयोग गरेको छ ।

ईन्सेक क्षेत्रीय संयोजक भोला महतले शनिबार सहयोग स्वरुप उक्त रकम अन्जनी माता रसोईका सञ्चालक जितेन्द्र कुमार सिंहलाई प्रदान गरेका थिए । सहयोग प्रदान कार्यक्रममा भेरी अस्पताल बिकाश समितिका अध्यक्ष प्रमोद धिताल, मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बहादुर थापा, अधिकारकर्मी वसन्त गौतम, इन्सेककी सरस्वति मल्ल लगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमित, अन्य बिरामी र तिनका कुरुवालाई लक्षित गरि मधेसी आयोगका सदस्य बिजय गुप्ताको संयोजनमा गत २०७७ कार्तिक ७ गते देखि सहुलियत दरमा खाना खुवाउदै आएको छ ।

भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित र संक्रमित कुरुवाका लागि प्रतिछाक बिहानमा २० रुपैयाँमा र साँझमा ८० रुपियामा खाना खुवाइ रहेको रसोईलाई सहयोग प्रदान गरिएको हो । कोरोना कहरका बिचमा पनि संक्रमित विरामी र तिनका कुरुवालाई अति न्यून शुल्कमा गुणस्तरिय खाना खुवाईरहेको रसोईलाई खाना ब्यवस्थापनको समस्याबाट राहत दिन उक्त सहयोग गरिएको ईन्सेकका संयोजक भोला महतले जानकारी दिए । सहयोग ग्रहण गर्दै रसोईका ब्यवस्थापक जितेन्द्र कुमार सिंहले आर्थिक सहयोगले बिरामीलाई सहुलियत दरमा खाना खुवाउन मद्धत पुग्ने बताएका थिए ।

द्धन्द्ध पीडित तथा एक महिला संजालको सहयोग

बिच द्धन्द्ध पीडित तथा एकल महिला संजालले पनि कोरोना संक्रमित बिरामीहरुलाई लक्षित गरि प्रत्येक दिन अण्डा सहयोग गर्दै आएको छ । सस्थाका केन्द्रिय उपाध्यक्ष शोभा बिसीले कोरोना संक्रमित बिरामीलाई पौष्टिक आहारमा सानो सहयोग मिलोस भनेर गत बैशाख २६ गते देखि दैनिक २५० वटा अण्डा सहयोग गरिएको बताईन । आफुहरुले लामो समयसम्म सहयोग गर्न चाहेको र यसका लागी अन्य सहयोगी हातहरुसंग सहयोगको अपेक्षा राखेको सस्थाकी बाँके अध्यक्ष जयन्ती केसीले बताईन ।

प्रतिक्रिया

प्रतिक्रिया