नेतृत्वमा पुनः नमस्कार शाह

स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको सोमवार आयोजित तेश्रो अधिबेशनले पुनः नमस्कार शाहको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संस्थाले दिएको जानकारी अनुसार, कार्यसमितिको उपाध्यक्षमा मन भण्डारी, सचिबमा बिरेन्द्र जैसी, सह सचिबमा शोभा थापा मगर र कोषाध्यक्षमा मुना बिष्टलाई चयन गरेको छ । सदस्यहरुमा क्रमशः हेमराज भट्ट, डिल्ली रमण वली, प्रसान्त केसी, जनक थापा, खेम बिष्ट, बब्लु शेष, लोक बहादुर घर्ती र तपेन्द्र मलाती रहका छन् ।
निरज गौतम, कमल बिके निर्मोही, रमेश सिटौला, दिला शाह, माधवी शाह र शम्भु शाही राष्ट्रिय पार्षद चयन भएका छन् ।


वरिष्ठ पत्रकार श्रेष्ठ र गौतमलाई सम्मान


स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेले दुई वरिष्ठ पत्रकारलाई सम्मान गरेको जनाएको छ । संघले दिएको जानकारी अनुसार, पत्रकार बासुदेव श्रेष्ठ र नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमलाई सम्मान गरिएको हो । श्रेष्ठलाई समाजसेवी माधबी शाहले आफ्ना माता पिताको सम्झनामा स्वतन्त्र पत्रकार संघको संरक्षकत्वमा स्थापना गरेको हरि जमुना स्वतन्त्र पत्रकारिता पुरस्कार नगद राशी पाँच हजार एक सय एकाउन्न सहित सम्मान गरिएको छ । त्यस्तै, गौतमलाई पत्रकारिता बिशेष सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका राष्टिय सल्लाहकार तथा पूर्व महासचिब नवराज पहाडी र कोषकी संस्थापक माधवी शाह र स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले दोसल्ला, सम्मान पत्र सहित वरिष्ठ पत्रकारलाई सम्मान गरेका थिए । यसअघि पत्रकार पन्नालाल गुप्ता, पूर्णलाल चुके र हेमन्त कर्माचार्यलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया