आत्महत्या न्यूनिकरणका लागि सामाजिक सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक कुरिती, घरेलु हिंसा र आत्महत्या न्यूनीकरणका लागि सरोकारवालाहरुबीच सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपप्रमुख धनीकुमारी खत्रीले न्यायिक समितिको संयोजक भएर जिम्मेवारी निभाउन सजिलो नभएको टिप्पणी गरिन् । ‘एक त समुदायले स्थानीय महिला भनेर न्यायिक समितिमा मुद्दा ल्याउन चाहदैनन्, उनले भनिन्, ‘ल्याए पनि समुदायका मुद्दा भएकाले राजनीतिक दबाबको सामना गर्नुपर्छ ।’ उनले अहिले पनि न्यायिक समिति प्रति जनविश्वास द¥हो हुन नसकेको स्वीकार पनि गरेकी थिइन् ।
कार्यक्रममा बांकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर राना, वागेश्वरी मन्दिरका मूलमहन्त, चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु अब्दुल जब्बार मन्जरी, भेरी अस्पताल प्रमुख डा. प्रकाश थापा अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी सहभागी थिए ।
उनीहरुले सामाजिक कुरिति, महिलाहिंसा र आत्महत्या न्यूनीकरणका लागि सबैले आ आफ्नो विचार र सुझावहरु राखेका थिए । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा गरिएको कार्यक्रमका लागि संचारिका समूह लुम्बिनीले समन्वय गरेको थियो ।