मनोसामाजिक सहयोग जुटाउदै द्वन्द्वपीडित

द्वन्द्वको पीडा कम गर्न मनोमानसिक सहयोग आवश्यक रहेको पीडितको भनाइ


बिगतको सशस्त्र द्वन्द्वका पीडितहरुले द्वन्द्वले नमेटिने डोव छोडेर गएको बताएका छन् । महिला कानून र बिकाश मञ्चसंगको समन्वयमा टिपिओ नेपालद्वारा द्वन्द्व पीडितहरुको लागि बाँकेको बनियाभारमा आयोजित सामुहिक मनोसामाजिक सहयोग कार्यक्रमका सहभागीहरुले न्यायको अनुभुति गर्न नसक्दा अहिलेसम्म पनि मानसिक तनावले सताउने गरेको बताएका थिए । अधिकारर्मी वसन्त गौतमले न्यायको अनुभुति अनुभुति गर्न नसक्दा द्वन्द्व पीडितहरुमा बिभिन्न खालका मानसिक समस्या देखिने गरेकोले उनीहरुमा न्यायका साथै मानसिक सहयोगको जरुरी रहेको बताए ।


सात दिनसम्म तनाव ब्यवस्थापन र मनोसामाजिक सहयोगका बारेमा धेरै कुरा सिकेका पीडितहरुले तालिम मार्फत सिकेका ज्ञानले मानसिक तनाव ब्यवस्थापनमा मद्दत पुगेको यातना पीडित पार्वती बुढाले बताइन् । बर्षौ देखि न्यायका लडाई लड्दै आएका द्वन्द्व पीडितहरुले न्याय नपाउँदा बिभिन्न खाले शारिरीक र मानसिक समस्याको शिकार हुने गरेका छन् ।
द्वन्द्वकालिन घटनाको पीडा र न्याय नपाउदा घटना सम्झेर रातभरी निद्रा नलाग्ने, शरिर दुख्ने, तर्सिने लगायतका बिभिन्न रोगको लक्षण देखिने गरेको भन्दै बेपत्ता परिवारकी उत्तिमा रोकायले मनोसामाजिक सहयोग तालिमबाट आफुलाई खुसी राख्न र तनाव कम गर्न मद्धत पुगेको बताएकी थिइन् ।


तालिमका क्रममा द्वन्द्व पीडितह धुन्नी थरुनी, कौशिला बुढा, पार्वती बुढा, सिमा चौधरी लगायतका द्वन्द्व पीडितहरुले द्वन्द्वकालीन घटनाका कारण झस्कने, शरिर दुख्ने टाउको दुख्ने लगायतका समस्या पर्ने गरेको अनुभव सुनाएका थिए । द्वन्द्वले दिएको पीडाका कारण बिभिन्न रोगको शिकार हुनु परेको र न्याय नपाउँदा झनै पीडा बल्झने गरेको अनुभव सुनाएका थिए ।
कार्यक्रमका सहभागीहरुले तालिमले सिकेका कुराले आफ्ना पीडा अरुलाई भन्न, आफु र परिवारका सदस्यहरुको मानसिक तनाव र चिन्ता कम गर्न मद्दत पुगेकोले यस्ता खालको कार्यक्रमको निरन्तरतामा जोड दिएका थिए ।


कार्यक्रमको समापनको अवसरमा बोल्ने बैजनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कालि बहादुर सिंहले पीडित लक्षित कार्यक्रम ल्याउन प्रर्यत्न गर्ने बताएका थिए ।
कार्यक्रममा टिपिओ नेपालकी कमला बुढाथोकीले मनोसामाजिक सहयोगका बिभिन्न पक्षमा सहजिकरण गरेकी थिइन् । बाँके जिल्लामा समावेसी संक्रमणकालिन न्याय मेलमिलाप तथा द्वन्द्व न्यूनिकरणका लागि सामुदायिक क्षमता अभिबृद्धी कार्यक्रम अन्तरगत महिला कानून र बिकास मञ्च, टिपिओ नेपाल र इन्टरनेशनल एलर्डले बिभिन्न कार्यक्रम संचालन गर्दै आईरहेका छन् ।

जसमा संक्रमणकालिन न्यायमा पीडितको पहुच अभिबृद्धि, सामुदायिक सम्वाद, द्वन्द्व पीडितहरुका लागि औषधोउपचार, मनोसामाजिक सहयोग, रेडियो कार्यक्रम संचालन गर्दै आएको महिला कानून र बिकाश मञ्चका बसन्त गौतमले जानकारी गराएका थिए । सत्य, न्याय र परिपुरण पाउनु पीडित अधिकार भएको र लामो समयसम्म न्याय नपाउदा पीडितहरु मानसिक तनाव बढेकोले पीडितको न्यायको लागि सरोकारवाला गम्भीर बन्नु पर्नेमा गौतमले जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया