आय आर्जन बढाउन सहयाेग

दलित महिला संघ बर्दियाले महिलाहरूकाे आय आर्जनमा बृद्वि गर्ने उदेश्यले बीउ पुजि हस्तान्त्रण गरेकाे छ ।

बिगत १४ बर्ष देखि दलित महिलाहरूकाे हक अधिकारका लागि आावाज उठाउदै आई रहेकाे दलित महिला संघ बर्दियाले महिलाहरूकाे आय आर्जन बढाउने उदेश्यले आार्थिक सहयाेग उपलब्ध गराएकाे हाे । बर्दिया जिल्लाकाे बढैयाताल गाउपालिकामा रहेका र उक्त गाउपालिका भित्र रहेका बिभिन समुहहरूले सिफारिस गरेका १० जना महिलाहरूलाई प्रती ब्यक्ति १० हजारका दरले रकम सहयाेग गरिएकाे दलित महिला संघ बर्दियाकि कार्यक्रम संयाेजक हेमा सुनारले बताउनु भयाे ।

सहयाेग रकम हस्तानत्रण कार्यक्रममा बढैयाताल गाउपालिका उपाध्यक्ष दिपा कुमारि गाैतमले दलित महिलम संघ महिलाहरूकाे हक अधिकारका साथै महिलाहरूकाे आय आार्जन बृद्वि गर्न लागि परेकाे र यश पटक गरेकाे नगद सहयाेगले महिलामा समेत आमदानि गर्ने आसा पलायकाे बताउनु भयाे । यश बर्ष बढैयाताल गाउपमलिकाका १० जना महिलाहरूलाई समुहकाे सिफारिसमा रकम उपलब्ध गराईएकाे छ भने ६ महिना पछि साे रकम समुहलाई फिर्ता गर्नु पर्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया