जिल्ला बारमा शाहीको नेतृत्व

बाँके जिल्ला अदालत बारमा जनक शाही निर्वाचित भएका छन् । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) प्यानलबाट उम्मेदवार शाहीले घनश्याम पराजुलीलाई अत्याधिक मतान्तरले पछाडि पार्दै नेतृत्वमा पुग्न सफल भएका हुन् । शाहीले २६ मत प्राप्त गर्दा पराजुलीले ८ मत प्राप्त गरेको निर्वाचन अधिकृत केबल सिंह थारुले जानकारी दिए ।


उपाध्यक्षमा भने पुनम श्रेष्ठ, सचिव गणेश थारु, कोषाध्यक्ष डा. कौशल कुमार बर्मा निर्विरोध चयन भएका थिए । त्यस्तै, किशोर बहादुर थापा, मिरा ददेल, जयप्रसाद पौडेल, कृष्ण श्रेष्ठ, अकबरअली इद्रिसी, राजेन्द्र शर्मा र रामनाथ साहु कार्यसमिति सदस्य चयन भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया