द्वन्द्व पीडितको गुनासो : न सम्मान न राहत

नेपालगंजमा आयोजित सम्बाद कार्यक्रमका सहभागीहरुले बिस्तृत शान्ति सम्झौता भएको १४ बर्ष ब्यतित भैसक्दा समेत सशस्त्र द्वन्द्वकालिन पीडितहरुले न्याय पाउन नसक्नु दुखत पक्ष भएको भन्दै पीडितको न्यायमा जोड दिएका छन ।


महिला कानून र बिकाश मञ्चले र टिजे संजाल बाँकेको संयुक्त आयोजनामा २०७७ मंसिर ५ गते बाँकेमा जिल्ला स्तरिय सम्बाद सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित द्वन्द्व पीडितहरुले आफुहरुको योगदानमा ब्यवस्था परिवर्तन भई देशमा गणतन्त्र आएपनि राज्यले द्वन्द्व पीडितलाई उचित सम्मान दिन नसकेको गुनासो गरेका थिए ।

बिस्तृत शान्ति सम्झौता भएको १४ बर्ष पुरा भएको सन्दर्भमा संक्रमणकालिन न्याय र द्वन्द्व पीडितको न्याय प्राप्तीको अवस्थाका बिषयमा जिल्ला स्तरिय सम्बाद गरिएको थियो ।
कार्यक्रममा संघिय सांसद महेश्वर गहतराज अथक, नेकपाका नेपालगंज नगर सचिव दत्त प्रसाद आचार्य, नेपाली काग्रेस बाँकेका सचिव कपिल देव शर्मा, जनता समाजवादी पाटी बाँकेका सचिव कमरुद्धिन राईले द्वन्द्व पीडितको न्यायको अभियानमा आफुहरुको साथ रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।


कार्यक्रममा संघिय सांसद महेश्वर गहतराज अथक संक्रमणकालिन न्याय सम्बन्धी कानून संशोधन र पीडितको न्याय प्रक्रियामा आफुले आवाज उठाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
टिजे संजाल बाँकेका संयोजक चन्द्रकला उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा महिला महिला कानून र बिकाश मञ्चका क्षेत्रीय संयोजक सुनिल कुमार श्रेष्ठ, जिल्ला संयोजक बसन्त गौतमले सम्बाद कार्यक्रमको उदेश्य र सस्थाले गर्दै आएका कार्यहरुका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा इन्टरनेशन एलर्डका शोभा चौधरीले परियोजनाका गतिबिधिहरुका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा द्वन्द्व पीडितहरु क्मला पन्त कुवर देवीसरा बिक, गीता शाह, सीता देवी केसी लगायतले शान्ति सम्झौता भएको यतिका बषसम्म पनि न्याय नपाएकोमा आक्रोस पोख्दै तत्काल न्यायको अनुभुति दिलाउन माग गरेका थिए ।


कार्यक्रममा टिजे संजालकी संयोजक चन्द्रकला उप्रेतीले आफुहरुको योगदानबाट देशमा राजनैतिक परिवर्तन र देशमा लोकतन्त्र स्थापना भए पनि लोकतन्त्र नेताहरुलाई मात्रै आएको बताईएन । नेताहरुले द्वन्द्व पीडितलाई वेवास्ता गरेको भन्दै उप्रेतीले पीडितलाई तत्काल न्यायको अनुभुति दिलाउनु पर्नेमा जोड दिईन ।

कार्यक्रममा फियान नेपालका नेपालगंज प्रमुख सुरेश कुमार गौतम, मानव अधिकार एलाइन्सका बाँके अध्यक्ष प्रभात कुमार ठकुरी, नेपालगंज उच्च बारका अध्यक्ष बिकाश आचार्य, इन्सेकका सरस्वती मल्ल, फातिमा फाउण्डेसनकी मैमुना सिद्धिकी, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी लगायतले द्वन्द्व पीडितको न्यायको पक्षमा बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया