न्याय नपाउदा द्वन्द्व पीडित महिलाहरुलाई मनोसामाजिक समस्या

लामो समय देखि न्यायका लडाई आएका द्वन्द्व प्रभावित महिलाहरुलाई मनोसामाजिक सामाजिक पनि सताउने गरेका एक कार्यक्रममा सहभागी द्वन्द्व पीडित महिलाहरुले बताएका छन् ।
न्यायको लागी द्वन्द्व पीडित समाज संगको सहकार्यमा एडभोकेसी फोरमले बेपत्ता पारिएका ब्यक्तिका परिवारलाई लक्षित गरि नेपालगंजमा आयोजना गरेको दुई दिने मनोसामाजिक सहयोग तथा अभिलेखिकरण तालिम कार्यक्रममा सहभागीहरुले बेपत्ता आफन्तको जिउदो मर्दो अवस्थामा थाहा नपाउदा रातदिनको मानसिक पीडाका साथै मनोसामाजिक समस्या रहेका बताएका थिए ।


पीडितहरुलाई  सशक्तिकरण गराउने, उनीहरुलाई आफ्नो अधिकार बारे जानकारी गराइ न्यायमा पहुँच पु¥याउन सहयोग गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो । बेपत्ता परिवारका सदस्यलाई मनोसामाजिक सहयोग र बेपत्ता घटनाको अभिलेखिकरण गर्न सक्षम बनाउने र अभिलेखित घटनालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्ने उदेश्यले तालिमको आयोजना गरिएको तालिमका सहजकर्ता समेत रहेका एडभोकेसी फोरम नेपालगंजका संयोजक बसन्त गौतमले जानकारी दिए । तालिमबाट पीडितहरुको क्षमता बिकाश, सशत्तिकरण गराई मनोसामाजिक परामर्शका साथै बेपत्ताका साथै मानव अधिकार उल्लघंनका घटनाको राम्रो दस्तावेजिकरण गर्न सक्षम बनाउने उदेश्यले तालिमको आयोजना गरिएको गौतमले बताए । गत बर्षसम्म पनि २ दिन यसै बिषयमा पीडितहरुलाई तालिम दिईएको जसका कारण तालिमका सहभागीहरु आफैले घटनाको अभिलेखिकरण गर्न सक्षम भएका थिए ।


२ दिनसम्म सञ्चालन भएको तालिममा काठकाण्डौ शिक्षण अस्पतालमा कार्यरत डा. सगुन बल्लभ पन्त, न्यायका लागी द्धन्द्ध पीडित समाजका बाँके अध्यक्ष एवं द्धन्द्ध पीडित साझा चौतारीका उपाध्यक्ष चन्द्रकला उप्रेती, मनोसामाजिक परामर्शकर्ता कमला बुढाथोकी, द्वन्द्व पीडित महिला राष्ट्रिय संजालकी महासचिव सुशीला चौधरी, एडभोकेसी फोरमका कार्यकारी निर्देशक ओम प्रकाश सेन ठकुरी, फोरमका नेपालगंज संयोजक अधिवक्ता वसन्त गौतमले सहजिकरण गरेका थिए ।

कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रबाट तालिम सुरु भएको थियो । कार्यक्रममा न्यायका लागी द्धन्द्ध पीडित समाजकी बाँके अध्यक्ष चन्द्रकला उप्रेतीले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने एडभोकेसी फोरमका अधिवक्ता वसन्त गौतमले कार्यक्रमको उदेश्य र लक्ष्यका बारेमा प्रकाश पार्नु भएको थियो ।


कार्यक्रम पश्चात कार्यक्रममा सहभागीहरुले तालिम एकदमै उपलब्धी मुलक रहेको प्रतिक्रिया दिएका छन् । दाङ्गबाट तालिममा सहभागी सुशीला चौधरी, बाँकेकी उषा दाहाल, तुलसी बिष्ट लगायतका सहभागीले तालिमबाट मनोसामाजिक आधात कर्म गर्न मद्धत पुगेको र घटनाको अभिलेखिकरण गर्ने तरिकाको ज्ञान भई दस्तावेजिकरण गर्न सक्षम भईएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया