अमर सुनार
दैलेख – जिल्ला सदरमुकामम नारायण नगरपालिका वडा नं। १० भवानी केन्द्रबिन्दू बनाएर गएराति १० बजेर ४३ मीनेटमा ३ दशमलव ५ रेक्टरको भूइँचालो गएको छ ।
भूकम्प मापन केन्द सुर्खेतमा इपिसेण्टर र कम्पनको मात्र रेकर्ड भएको भूकम्प मापन केन्द सुर्खेतका सिस्मोजोजिष्ट दिपक बस्नेतले जानकारी दिनुभयो ।
डेढ मीनेट भन्दा बढी समयसम्म जमिन हल्लिएको कारण दैलेख लगायत छिमेकी जिल्ला सुर्खेत, जाजरकोट र अछामको सिमा क्षेत्रसम्म भूइँचालो गएको बेला व्यूझै भएकाहरु त्रसित भएका थिए ।
रातिको समयमा डेढ मीनेट भन्दा बढी लामो समय जमिन हल्लाएको कारण मानिसहरु त्रसित भए पनि यसको क्षति बारे कतैबाट जानकारी नआएका दैलेखका प्रहरी पमुख डीएसपी अनुपम श्रेष्ठले बताउनुभयो ।
२०७२ को महाकम्पपछि दैलेखको भवानी केन्द्रबिन्द्र बनाएर १५ पटक ससाना भुइँचालो गएका छन् । भूकम्प मापन केन्द सुर्खेतकै अभिलेखमा ४ रेक्टर माथिका ११ कम्पन सूचीकृत भएका छन् । भूकम्प मापन केन्द्रले ४ रेक्टर भन्दा सानालाई सार्वनिक बुलेटिनमा राख्दैन ।