बाँके प्रहरीले स्थानीय केही होटलमा निगरानी बढाएको छ । स्थानीयबाट अवैध क्रियाकलापको गुनासो आएपछि प्रहरीले सेतु विक चोकदेखि बसपार्कसम्मका विभिन्न होटलमा छापा मारेको हो ।
‘होटलमा अवैध गतिविधि भैरहेको गुनासो पछि निगरानी बढाएका हौं’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले भने, ‘त्यसक्रममा ९ महिला सहित १४ जनालाई नियन्त्रणमा लिएका छौं ।’ १४ मध्ये दुई जना होटल सञ्चालक हुन् ।
यसअघि पनि सेतुविक चोकदेखि बसपार्क एरियामा अमर्यादित गतिविधि हुने गरेको भन्दै प्रहरीमा पटकपटक त्यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीयले अनुरोध गर्दै आएका थिए । ‘जस्ता सुकै कानुन विपरितका कार्य प्रहरीले नियन्त्रणमा लिन्छ’, प्रहरी उपरीक्षक रानाले भने, ‘त्यसविरुद्ध प्रहरीले निगरानी गरिरहेको छ ।’