मानव अधिकारका समसामयिक बिषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगमा शाखा कार्यालय नेपालगंजमा मानव अधिकार संजालको बैठक बस्यो । बैठकमा बिशेष गरि कोभिड १९ को अवधीमा घटेका लैगिक हिंसाका घटना र पीडितको न्याय प्राप्तीको अवस्था, लकडाउनले द्धन्द्ध पीडितलाई पारेको प्रभावका बिषयमा छलफल भयो । लैगिक हिंसाका घटनाले निरन्तरत पाईरहेको र लकडाउनका बहानामा पीडितको न्यायमा सहज पहुँच पुग्न नसकको ठहर गर्दै बैठकले यस तर्फ सरोकारवालाको गंभिर ध्यान जानु पर्नेमा जोड दिएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए । बर्तमान अवस्थामा लैंगिक हिंशा पीडितहरुले न्याय पाउनमा समस्या देखिएको इन्सेकका भोला महतले बताए । यस्तो बेलामा प्रहरी प्रहरी प्रशासन र न्यायालय अझ बढी संबेदनसिल हुन पने महतले भने ।
बर्षै देखि न्यायको प्रतिक्षामा रहेका द्धन्द्ध पीडितहरुलाई बर्तमान लकडाउनले थप पीडा पु¥याएको बिषयमा बैठकमा छलफल भएको थियो । नियमित औषधी सेवन गर्ने बिरामी, अपाङ्गता भएका, दैनिक ज्याला मजदुरी गर्ने द्धन्द्ध पीडितलाई राहत र औषधा ेउपचारमा स्थानिय सरकार लगायतका सम्बद्ध पक्षको ध्यान पुग्नु पर्ने कुरामा अधिकारकर्मीले जोड दिएका थिए । लकडाउने पीडामा रहेका द्धन्द्ध पीडित र एकल महिलालाई बढी असर पारेको र नियमित खानु पर्ने औषधी खरिद र दैनिक हातमुख जोड्नसमेत समस्या परेको द्धन्द्ध पीडित चन्द्रकला उप्रेती र शोभा बिसीले बताए ।
बैठकमा राष्ट्रिय मानव अधिकार आयोगमा शाखा कार्यालय नेपालगंजका प्रमुख चन्द्रकान्त चापागाई, अधिकृत द्धारिका अधिकारी, नेपाल बार एशोएिसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ अधिकारकर्मीहरु वसन्त गौतम, इन्सेकका भोला महत, मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी, हिम राईट्सका प्रकाश उपाध्याय, सिविनका शिद्धराज पनेरु, आलम खान, द्धन्द्ध पीडित तथा एकल महिला संजालका शोभा बिसी, जयन्ती केसी, न्यायका लागी द्धन्द्ध पीडित समाज बाँके अध्यक्ष चन्द्रकला उप्रेती लगायतको सहभागिता रहेको थियो ।