अधिकारकर्मीले राहत वितरणमा निम्न आय भएका, ज्यादा मजदुरी गर्ने, अशक्त द्वन्द्व पीडितहरुलाई पनि समेट्न स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
बर्तमानको कोरोना कहर र लकडाउनका कारण धेरै द्वन्द्व पीडितहरुलाई साँझ बिहान हात मुख जोड्न समस्या परेको भन्दै अधिकारकर्मीले नियमित खानु पर्ने यातना पीडित, अशक्त र दैनिक ज्याला मजदुर्रेी गर्ने द्वन्द्व पीडितलाई राहत उपलब्ध गराउनु पर्ने बताएका छन ।
द्वन्द्व पीडितको अवस्था बुझ्न स्थलगत भ्रमणमा निस्केका अधिकारकर्मीले आर्थिक अवस्था कमजोर भएका द्वन्द्व पीडितहरु बर्तमान अवस्था र आर्थिक अभावका कारण निकै मारमा परेको अधिकारकर्मी वसन्त गौतमले बताए । स्थलगत भ्रमणमा एडभोकेसी फोरम, फियान नेपाल र मानव अधिकार एलाइन्सका प्रतिनिधिहरु संलग्न थिए । बैजनाथ र कोहलपुर क्षेत्रमा लक्षित वर्ग भएर पनि कतिपय द्वन्द्व पीडितले राहत नपाएकोले पीडितहरुबाट आवश्यक सहयोगको गर्न आग्रह गरिएकाले स्थलगत भ्रमण गरिएको फियान नेपालका क्षेत्रीय प्रमुख सुरेश कुमार गौतमले बताए ।
यसै बिच एडभोकेसी फोरमले बैजनाथ र कोहलपुरका दुई जना यातना पीडित महिलालाई रु चार हजारका दरले आर्थिक गरेको जनाएको छ ।
अधिकारकर्मीहरु बसन्त गौतम, प्रभात कुमार ठकुरी र सुरेश कुमार गौतमले राहत बितरणमा लक्षित बर्गको पहुँच लगायतका बिषयमा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिक र ३ नं वडा अध्यक्ष राम शरण थारुसंग छलफल गरेका थिए । यस क्रममा अधिकारकर्मीले बिगतको द्वन्द्वको मारमा परेका आयश्रोत नभएका द्वन्द्व पीडितलाई राहतमा प्राथमिकता दिन आग्रह गरेको मानव अधिकार एलायन्सका बाँके अध्यक्ष प्रभात कुमार ठकुरीले जानकारी दिए ।