प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना)को पहलमा स्थापना गरिएको कोभिड १९ रिलिफ फण्ड बाँकेका लागि पानस फर्मास्युटिकलका निर्देशक डा. रमेश कुमार श्रेष्ठले खाद्यान्न सहयोग गरेका छन् । नमूनाका अनुसार डा. श्रेष्ठले सोमबार १ लाख ६७ हजार ४ सय ५० रुपैयाँ मूल्य बराबरको खाद्यान्न फण्डका लागि हस्तान्तरण गरेका हुन् ।
रिलिफ फण्ड परिचालन समितिका संयोजक नमूना, नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, सञ्जय थापा, धनराम ओली, विजया धिताल, सुर्य प्रकाश घर्तीलाई डा. श्रेष्ठले चामल, दाल, तेल लगायतका खाद्यान्न हस्तान्तरण गरेका थिए । फण्डमा स्वस्फूर्त सहयोग गरिएका खाद्यान्न स्थानीय तहलाई वितरण गरिएको प्रदेश सभा सदस्य नमूनाले जानकारी दिइन् ।










