लकडाउन एक साता थप्न सिफारिस गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले लकडाउनको टुंगो लगाउन मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिएको दिएको थियो । कार्यदलले थप एक साता लकडाउन लम्ब्याउन सिफारिस गरेको हो ।
समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्याउने निर्णय पनि गरिसकेको छ । वैशाख १५ गतेबाट सकिने लकडाउन बढाउने वा खुकुलो बनाउनेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ ।










