प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा श्याम कुमार तामाङको निधनप्रति शोक व्यक्त गरेका छन् । तामाङको ९० वर्षको उमेरमा शनिबार राती निधन भएको थियो । मुख्य मन्त्री पोरखेलले तामाङको निधनले स्तब्ध बनाएको बताएका छन् ।
‘नेपालगन्ज उपमहानगरपालिका—१८ कारकाँदो निवासी स्वर्गीय तामाङ राणा शासनविरुद्ध अग्रमोर्चामा रहेर संघर्षमा होमिनुभयो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनलाई सफल पार्न उहाँले खेलेको भूमिका अविस्मरणीय छ ।’, मुख्यमन्त्री पोखरेलले शोक वक्तव्यमा भनेका छन्, ‘उहाँ जस्तै समर्पित र निष्ठावान व्यक्तिहरुकै कारण २००७ सालमा राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उज्यालो यात्रा संभव भएको हो । त्यही जगमा नै पछिल्ला परिवर्तनहरु संभव भएका हुन् ।’
‘लोकतान्त्रिक शासन व्यवस्थालाई नागरिकको जीवनशैली बनाउन सक्दा मात्रै आन्दोलनका योद्धाप्रतिको सच्चा सम्मान हुन्छ । हामी मुलुकलाई यही यात्रामा अघि बढाउन खोजीरहेका छौं ।’, मुख्यमन्त्री पोखरेलले शोक वक्तव्यमा भनेका छन्, ‘स्वर्गीय तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’