नेपालगंज उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिको शनिवार बसेको बैठकले कालो बजारी नगरि उपभोक्तालाई गुणस्तरिय सेवा पु¥याउने बिषयमा सरोकारवालासंग छलफल गरेको छ ।
उप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक उमाथापा मगरको संयोजकत्वमा बसेको बैठकले हाल महामारीको रुपमा देखिएको कोरोना भाईरस संक्रमण फैलिन नदिन तथा यस्तो संकटको घडिमा यस उपमहानगरपालिका क्षेत्रभित्र तरकारी फलफुल, खाद्यसामाग्री र पिउने पानी (जार) को उपभोक्तालाई सहज, गुणस्तरीय एवं सुरक्षित किसिमबाट विक्रिवितरण, कालोबजारी नियन्त्रण राख्ने बिषयमा विभिन्न सरोकारवालाहरु विच छलफल भै बिभिन्न निर्णय गरेको जनाएको छ ।
तरकारीमा जथाभावी मुल्य बृद्धि गरेको भन्ने बिषयलाई सम्बोधन गर्न समितिको बैठकले . नेपालगंज रानीतलाउ लगायतका सब्जी मन्डीहरुमा उपभोक्ताको भिड जम्मा भै संक्रमण फैलिन सक्ने संभावनालाई मध्यनजर गर्दै नगरभित्रका सम्पूर्ण सब्जीमण्डीहरु विहान ६ः०० बजे देखि दिउसो ३ः०० बजे सम्म खुला राखी विक्रिवितरण गर्ने । साथै आवश्यकता अनुसार नगरका मुख्य मुख्य टोल र चोकहरुमा ठेलामार्फत विक्री गर्ने कार्यको व्यवस्थापनको लागि रानीतलाउ कृषि उपज बजार संचालक समितिले गर्ने, नगरक्षेत्र भित्रका टोलहरुमा विक्री गर्न अनुमति दिदा एक टोलमा(बढीमा ५ वटा ठेला) र चोक खुलाई लकडाउन अधिभर सम्मको लागि रानीतलाउ कृषि उपज बजार संचालक समिति तरकारी विक्रि वितरण गर्ने गरी अनुमति दिने, ठेलाविक्रेताले मुल्य सूचि, फोटो सहितको परिचय पत्र अनिवार्य राखी एक ठेला देखि अर्को ठेलाको दुरी १०० मिटर कायम गरी विक्रि वितरण गर्नु पर्ने निर्णय गरेको नेपालगंज नगरपालिकाका वरिष्ठ अधिकृत शरद पौडेलले जानकारी दिए ।
यसै गरि बैठकले खाद्य वस्तुहरुको हकमा किराना तथा खाद्य व्यवसायी संघको समन्वय एवं सहजीकरणमा नगरका पशलहरुले अनिवार्य रुपमा सबैले देखिने गरी दैनिक मूल्य सुचि राखी विहान ७ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म खुला गरी विक्रि वितरण गर्र्नेे निर्णय गरेको थियो ।
यस्तै पिउने पानीको जार मार्फत आपूर्ति गर्दा संक्रमण फैलिन सक्ने कुरालाई मध्ये नजर गर्दै पानी उद्योगहरुले जारको सरफाई र गुणस्तरमा ध्यान दिने निर्णय गरेको छ । अत्यावश्यक बस्तु तथा सेवामा खटिने कर्मचारीहरुलाई काममा आउदा जांदा परेको समस्यालाई मध्यनजर गरी सेवामा खटिने कर्मचारी, व्यवसायीहरुको नाम, ठेगाना र व्यवसाय विवरण समेत खुल्ने गरी फोटो सहितको परिचय पत्र सम्बन्धित व्यवसाय संचालक समिति, उद्योगी वा व्यवसायीहरुले उपलब्ध गराउने, अत्यावश्यक वस्तु तथा सेवाका पशलहरु खोली गुस्तरीय सेवा प्रवाह गरे नगरेको विषयमा सम्बन्धित वडा कार्यालयले नियमित अनुगमन गरी सो को जानकारी उपमहानगरपालिका लगायत सम्बन्धित निकायहरुमा गराउने निर्णय गरेको थियो । उल्लेखित कार्यको प्रभावकारी कार्यान्वयको लागि नेपालगंज उपमहानगरपालिकाले प्रहरी प्रशासनसंग समन्वय गर्न नेपालगंज उपमहानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको उपप्रमुख उमाथापा मगरले जानकारी दिईन ।
उप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक उमाथापा मगरको संयोजकत्वमा बसेको बैठकमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालय बाँकेका बेदेश्वर गौतम, खाद्यबस्तु किराना ब्यवशायी संघका बाके अध्यक्ष फडानन्द भण्डारी, रानीतलाउ कृषि उपजबजार संचालक समिति अध्यक्ष मोतिसरा थापा पानी उद्योग संघ लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
बैठकमा कारोनाको नाममा कृत्रिम अभाव सृजना गर्ने कालो बजारी गर्ने काय नगर्र्न, अनिवार्य रुपमा मुल्य सुचि राखेर गुणस्तरिय सेवा दिने बिषयलाई प्राथमिता दिईएको बैठकमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले बताए ।